NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
फाेटाे फिचर

बेलकामा विभिन्न कार्यक्रम गरि मनाइयो लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवस

1 Mins read

बेलकामा विभिन्न कार्यक्रम गरि मनाइयो लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवस

लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवसको अबसरमा बेलका नगरपालिकामा सचेतना मुलक र्याली निकालिएको छ।

“लागू औषध दुरुपयोग विरुद्धको एक्यवद्धता ब्याक्ती ,समाज र राष्ट्रको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको दिवस देशैभर मनाइएको छ।

यसै बिच इलाका प्रहरी कार्यालय रामपुरको आयोजना तथा बेलका नगरपालिकाको समन्वयमा नगरका विभिन्न बिधालयका बिद्यार्थी , सामाजिक संघ संस्थाका प्रतिनिधि , पुर्व प्रहरिहरु, राजनैतिक दलका प्रतिनिधिको उपस्तिथिमा र्याली रामपुर बजार परिक्रमा गरि नगर सभाहलमा औपचारिक कार्यक्रम गरिएको हो।

विशेष गरेर बढ्दो लाग औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

र्याली समापन कार्यक्रममा बोल्दै बेलका नगरपालिका नगर प्रमुख अशोक कार्किले लागू पदार्थको प्रयोगले समाजमा नकारात्मक किसिमको प्रभाब पार्ने भएकोले दुर्व्यसन रोक्न सबै पक्षले हातेमालो गर्नु पर्ने बताए ।
कार्यक्रममा अन्य बक्ताले लागू पदार्थ सेवन गर्न हानिकारक भएकोले यसको ओसारपसारमा समेत नियन्त्रण गर्नु पर्ने बताएका छन।

Related posts
फाेटाे फिचर

बेलकालाई चिनाउने थारु संग्रालय

1 Mins read
रमेश पौडेल/ बेलका उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *