NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

बेलकामा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…

1 Mins read

बेलकामा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…

‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुर बेलकामा एक युवाले प्रहरीमा उजुरी दिएका छन्।

उदयपुर जिल्ला बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।

राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घट्नाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर बोमिट गरेपछि नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) धेरै देखिएपछि एम्बुलेन्समार्फत बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुन्। झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उनी वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ।

‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भए’ अनुसन्धानमा खट्ने प्रहरी भन्छन् ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’

प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।

अहिलेसम्म सँगै घरजम गरिबसेका उनीहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमानलाई शंका लागेर गोप्य डिठ्याउँदा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।

बिहे गरेर घर आए पनि किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमान्सँग अलग रहँदै आएको हुन।

घर भित्र्याएको ६ महिनासम्म ओछ्यान साझा नगरेपछि गोप्य अनुसन्धान गर्दा उनको असली रहस्यको पर्दा खुलेको हो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *