OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

बेलकामा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…

आवर बेलका by आवर बेलका
June 22, 2023
in मनाेरञ्जन
बेलकामा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…
334
SHARES
Share on FacebookShare on Twitter

बेलकामा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…

‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुर बेलकामा एक युवाले प्रहरीमा उजुरी दिएका छन्।

उदयपुर जिल्ला बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।

राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घट्नाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर बोमिट गरेपछि नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) धेरै देखिएपछि एम्बुलेन्समार्फत बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुन्। झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उनी वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ।

‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भए’ अनुसन्धानमा खट्ने प्रहरी भन्छन् ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’

प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।

अहिलेसम्म सँगै घरजम गरिबसेका उनीहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमानलाई शंका लागेर गोप्य डिठ्याउँदा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।

बिहे गरेर घर आए पनि किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमान्सँग अलग रहँदै आएको हुन।

घर भित्र्याएको ६ महिनासम्म ओछ्यान साझा नगरेपछि गोप्य अनुसन्धान गर्दा उनको असली रहस्यको पर्दा खुलेको हो।

Tags: बेलका
Previous Post

सप्तकोशिको धार पश्चिम् तर्फ, बेलकाको ३ वार्ड जोखिममा

Next Post

बेलकामा विभिन्न कार्यक्रम गरि मनाइयो लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवस

Related Posts

कार्तिक १६ गते सुनसरीको चतरामा ‘स्टोनस्किपिङ’ प्रतियोगिता हुने
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा ‘स्टोनस्किपिङ’ प्रतियोगिता हुने

by आवर बेलका
October 28, 2024
वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो
मनाेरञ्जन

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

by आवर बेलका
October 20, 2024
बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

by आवर बेलका
March 15, 2024
नेपालमा पिकलबलको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न, १० राष्ट्रका १२० खेलाडी सहभागी
मनाेरञ्जन

नेपालमा पिकलबलको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न, १० राष्ट्रका १२० खेलाडी सहभागी

by आवर बेलका
March 11, 2024
पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरलाई
मनाेरञ्जन

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरलाई

by आवर बेलका
January 4, 2024
Next Post
बेलकामा विभिन्न कार्यक्रम गरि मनाइयो लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवस

बेलकामा विभिन्न कार्यक्रम गरि मनाइयो लागू औषधको दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तरास्ट्रिय दिवस

Discussion about this post

लाेकप्रिय

    भर्खरैका समाचार

    समाचार

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    by आवर बेलका
    June 14, 2025
    0

    सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा रहेको कोभिड भवनको प्राङ्गण र बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुर सामुदायिक वनमा महुलि लघुवित्त वित्तीय...

    Read more

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025

    महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

    May 1, 2025

    शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

    March 26, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).