NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चितवनमा केरा खेतीबाट मनग्ये आम्दानी

1 Mins read

मदन अधिकारी / चितवन
चितवन रत्ननगर नगरपालिका –५ टाडिका कृषक शिवकान्त न्यौपानेले केरा खेतीबाट मनग्य आम्दानी गरेका छन् । न्यौपानेले व्यवसायीकरुपमा केरा खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुख्खा क्षेत्रमा पनि पर्याप्त उत्पादन हुने भएपछि न्यौपानेले केराको व्यवसायिक खेती गरिरहेका छन् । पच वर्ष अघि देखि व्यवसायीक खेती थालेका न्यौपानेले चौबिस हजार सात सय बोट केरा लगाएका छन्  ।

त्यस्तै न्यौपानेलेले १४ बिघा क्षेत्रमा केराको व्यवसायीक खेती गरिरहेका छन् । केरा खेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको न्यौपानेले बताए । “केरा खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,” उनले भने, “सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” न्यौपानेले अहिले जग्गा लिजमा लिई करीब १४ बिघा क्षेत्रफलमा केरा लगाएका छन् ।  

यहाँ उत्पादन भएको केरा स्थानीय बजारसँगै काठमाडौँ पोखरा तथा भैरहवा सम्म विक्री हुन्छ । उचित बजार भाउ नपाउदा बजारसम्म पुर्याउन सास्ती हुने गरेको कृषक न्यौपानेको भनाइ छ ।

“उत्पादन बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु,” उनले भने,” बजार माग अत्यधिक छ । तर उचित बजार भाउ नपाउदा बजारसम्म लैजान समस्या छ ।” न्यौपानेले ‘एस के केरा तथा कृषि फर्म’ दर्ता गरेर व्यवसायीक केरा खेती थालेका हुन् । जिल्लामा पहिलो पटक व्यवसायीकरुपमा केराको खेती थालेका न्यौपानेले उदाहरणीय कृषकको रुपमा परिचित हुन । उनले ४० वर्ष राजनैतक जीवन बिताएर केरा व्यवसायीक खेती थालेका हुन ।

न्यौपानेले भने, “४० वर्ष राजनैतिक जीवन बिताएर केरा खेति गर्न थालेको छु मैले मेरो व्यक्तिगतको लागि नभएर यश स्थानका स्थानियलाई समेत रोजगारी दिरहेको छु भने म यश बागमति प्रदेश नेपाली काङ्ग्रेस प्रदेश प्रवक्ता पनि हु र मैले मेरो जिवनमा हाल संम र आगामि दिनमा पनि कृषकका हक हितका निमित्त बोलिरहने छु“ भनेका छन् भने
व्यवसायीकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको न्यौपानेले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरेपनि अन्य सहयोग नपाएको उनको भनाइ छ । न्यौपानेले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । गाउँका अन्य कृषकसमेतलाई व्यवसायीक कृषिमा लाग्न हौसला दिँदै आएको उनको भनाइ छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *