NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

आमचोकका वार्ड अध्यक्ष सहित ११ जना जुवा खेलेको अबस्थामा पक्राउ

1 Mins read

सुनसरीको धरानबाट एक वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ परेका छन् ।

सोमबार साँझ इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले धरान-१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।

उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूलाई मङ्गलबार (आज) नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको छ । धरानमा वडा १३ वडा १५ र वडा १६ को एक-एक घरमा व्यवसायीक रूपमा दैनिक जुवाको खेल हुने भएकाले उक्त जुवा अड्डाहरूमा धरान बाहिरका जुवाडेको पनि जमघट हुने गरेको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *