NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

लघुवित्तहरुको छाता संगठन लघुवित्त कर्मचारी मिलन केन्द्र गाईघाटको अध्यक्षमा दाहाल

1 Mins read

मदन अधिकारी
गाईघाट ।  लघुवित्त कर्मचारी मिलन केन्द्र, गाईघाटको अध्यक्षमा महुलि लघुवित्त वितिय संस्था लि. गाईघाटका शाखा प्रवन्धक हेमराज दाहाल सहित १३ सदस्यीय समिति सर्वसहमत चयन भएको छ । भने सल्लाहाकार समिति ५ जनाको बनाईएको छ।
घाईघाटमा रहेको राष्टिय निजामति कर्मचारी संघठनको भवन गाईघाटमा सनिवार स्वावलम्बन लघुबित्त बित्तिय संस्था लिमिटेडका शाखा प्रबन्धक उर्मिला कार्कीको सभापतित्वमा भएको भेलाले लघुवित्त कर्मचारी मिलन केन्द्र, गाईघाट गठन गरिएको हो । उक्त भेलाले अध्यक्षमा सर्वसहमत महुलि लघुवित्त वितिय संस्था लि. गाईघाटका शाखा प्रवन्धक हेमराज दाहाललाई चयन गरेको हो भने उपाध्यक्षमा संगिता कार्की सचिब तुलशि दाहाल सह-सचिब विशाल राई काेषाध्यक्ष लक्ष्मि भुजेल सदस्यहरु साजन कुमार राई,सन्जय आचार्य, पुस्पलता आले मगर, बिष्णु धिताल, माेहम्मद अप्ताफ, लक्ष्मी श्रेष्ठ, बिज्ञान काेईराला र सपना कार्की श्रेष्ठ चयन भएका छन् । भेलामा नगर भरीका १३ ओटा लघुवित्तका शाखा प्रमुखहरुको उपस्थि रहेको थियो । भेलामा लघुवित्तमा देखा परेका साझा समस्याहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । हाल समाजमा लघुवित्तवारे गलत अफवाह फैलाएर केहि व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागि परेको वारे लघुवित्त मिलन केन्द्रको गम्भिर ध्यानाकर्षण भएको समेत वताईएको थियो । भेलामा लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बठि प्रतिशत व्याज लिन्छ, जथाभावी लगानि गर्छ, सेवाशुल्क नीति भन्दा बठि प्रतिशत सम्म लिएको भन्ने जस्ता साथै नेपाल राष्ट बैकले जारिगरेको नीति निर्देशिका भित्र रहि लघुवित्त संस्थाहरुले कार्य गर्दा पनि गलत अफवाह फैलाएर वास्तविक उद्यमि ग्राहकलाई समेत अन्योलमा पारेको वारे समेत छलफल गरिएको थियो भने आगामि दिनमा यश क्षेत्र भित्र रहेका संपूर्ण सरोकार वाला निकाय संघ समन्वय गरि अगाडि बड्ने नवनिर्वाचित अध्यक्ष दाहालले जानकारि दिनु भयो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *