NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

1 Mins read

सुनसरी\बराहक्षेत्र-७ स्थित बाङ्गे शाखा कार्यालय रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार आयोजना गरेको वित्तीय साक्षारता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख कार्कीले कर्जा मिनाहा हुन्छ भन्नु अफवाह मात्र भएको बताउँदै लिएको कर्जा तिर्नु हाम्रो दाहित्व रहेको बताएका छन् ।

नगरप्रमुख भन्छन् यस संस्थाले लगानि गरेको कर्जा पनि तपाईं हामी बाटै बचतको रुपमा संकलन गरेको रकम तपाईं हामी मार्फतनै लगानी भएकाले लिएको कर्जा नतिर्दा भोलिका दिनमा हाम्रो बचत रकम समेत जोखिममा जान्छ त्यसैले हामी जो कोहिले पनि लिएको कर्जा तिर्नु पर्छ । यश संस्थाले लिने गरेको सेवा शुल्क र अन्य बचतमा दिने व्याज हेर्दा निकै राम्रो रहेको मैले महशुस गरेको छु । तर एक संस्थाबाट लिएर अर्को संस्थामा कर्जा तिर्दा भोलिका दिनमा हामीलाई नै असर पर्ने भएकाले आफूले लिएको कर्जाको सहि सदुपयोग गर्नु पर्ने धारणा राखेका थिए ।

त्यसै गरि इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बिकाश राईले आफ्नो भनाई राख्ने क्रंममा आज यस नगरपालिकामा लघुबित्तले समेत आफ्ना ग्राहक महानुभावलाई यसरी औपचारिक कार्यक्रम गरि आफ्नो गतिबिधि प्रस्तुत गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको बताए । राई भन्छन् हामी राम्रो हुनुपर्छ आफूले आफूलाई चिनेर मात्र कार्य गर्न अनुरोध गर्दै लाघु औसत महिला हिंसा तथा डिजिटल बैंकिङ प्रणालिको बारेमा जानकारी गराउदै सबैलाई सचेत समेत बनाएका छन् ।यहाँहरु महुलि लघुवित्तको सदस्य हुनुहुन्छ तपाईंहरुको कारोवार गोप्य राख्नु यस संस्थाको मुख्य धर्म रहेकाले यहाँको मोवाईलमा आएको ओटिपि कोड कसैलाई नदिनु होला यदि कसैले मागे हामीलाई संपर्क गर्नु होस यहाको ओटिपि कोड यसै संस्थाले समेत माग्न पाउने अधिकार नभएकाले ओटिपि कोड कसैलाई नदिन आग्रह गरेका छन् ।

त्यसै गरि बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कपिल आचार्यले कर्जाको सहि सदुपयोग गर्नु पर्नेमा जोड दिदै तपाईं हाम्रो नगरमा आएको यश महुलि लघुवित्तलाई सकारात्मक सल्लाह सुझाव दिदै आज भन्दा अझ राम्रो बनाएर अगाडि बढाउनु पर्ने धारणा राखे साथै संस्थाको कुनै पनि नियममा चित्त नबुझे हामी संस्था संघ बसेर समस्या समाधान गर्नु पर्नेमा हामी सडकमा आएर हाम्रै बदनाम गर्दै छौ । त्यसैले समस्या भए सडक हैन संस्थाका प्रतिनिधि ज्यू हरु संघ समन्वय र छलफल गरेर निकास निकाल्नुपर्छ कर्जा लिएपछि तिर्दिन भनेर बाटोमा उफ्रिनुको कुनै औचित्य नहुने आचार्य बताउछन् ।

यता बराहक्षेत्र नगरपालिका ८ का वडाध्यक्ष रोशन खड्काले गर्जो टार्न लिएको ऋणलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताए ।
ऋणबाट ऋण तिर्न र किस्ता तिर्नै अर्को संस्थाबाट ऋण लिनु पर्ने परिघटना बग्रेल्ती देखिने गरेको स्थानीय जनप्रतिनिधि र नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
ऋण लिन सोच्नु पर्ने र ऋण लिइसकेपछि कसरी तिर्ने भन्ने विषयमा सिर्जनात्मक र उत्पादनमूलक काम गर्नुपर्ने बताए । ऋण दिनेमात्र होइन ऋण लगानीको क्षेत्रमा तालिम र अनुगमनको व्यवस्था गरे खराब ऋण नहुने उनले बताए ।

यशै संस्थाकि सदस्य सङ्गीता किरातीले लघुवित्तको ऋण बेलैमा नतिर्दा र उत्पादनको क्षेत्रमा लगाएर आयाअर्जन गर्न नसके भागेर हिड्नुपर्ने अवस्था आउने बताए । किरातिले भनिन् मैले बिगतका दिनमा निकै ठुलो गल्ति गरे विभिन्न संस्थालाई मैले आफ्नो प्रलोभनमा पारेर कर्जा लिए तर मैले त्यसो गर्नु गल्ति भयो मलाई दुर्गा प्रसाईको कार्यक्रमा समेत निमत्रणा आएको थियो तर मैले यसो गर्नु गल्ति हो भनि ठानेर हाल म त्यता तिर नगहि पुन कर्जा तिर्न थालेको छु मैले बिगतमा कर्जा नतिर्दा आज मेरो ब्याज सोसाइटी धेरै पुगेकाले म जस्तो गल्ति कसैले नगर्न आग्रह समेत गरेकि छन् ।

बराहक्षेत्र-६ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा आयोजित गोष्ठीमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको गोष्ठीमा वक्ताहरूले वित्तीय साक्षरता अभिवृद्धि गर्न स्वयम् वित्तीय संस्थाहरुले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए ।


रेडक्रस सो साईटिको सभाहलमा संपन्ह उक्त कार्यक्रमका सभाध्यक्ष संगिता राईले गरेकि थिइन भने प्रमुख अतिथि नगर प्रमुख रमेश कार्कि, विशिष्ठ अतिथि इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरिक्षक बिकाश राई, ७ नम्बर ओडा अध्यक्ष कपिल आचार्य , ८ नम्बर वडाका वडा अध्यक्ष रोशन खड्का लगाएत विभिन्न मिडियाका पत्रकारहरुको अगाडि कार्यक्रममा यशै शाखाकि सदस्य शिला श्रेष्ठको श्रिमान बिमा मृत्यु बापतको १ लाख १० हजार बराबरको कर्जा समेत मिनाह गरिएको थियो भने केन्द्रिय कार्यलयबाट अनुगमन अधिकृत गुणराज ढकाल र अनुगमन कार्यलय चतराका प्रमुख तेज नारायण चौधरिले सदस्यहरुको जिज्ञासामा आफ्नो धारणा राखेका थिए। भने यशै संस्था र बेदान्त हस्पिटल प्रालिको सहकार्यमा नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो जसमा १ सय्ह ६८ जनाले शिबिरबाट प्रत्यक्ष लाभ लिएका थिए भने कार्यक्रम संन्चालन यशै शाखाका शाखा प्रमुख मदन अधिकारिले गरेका थिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *