NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

1 Mins read

रुपन्देही
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड,शाखा कार्यालय बुटवलले २०८१ चैत्र ८ गते Global Money Week 2025 को अवसरमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ।
केन्द्र नं. २१ का केन्द्र प्रमुख पुष्पा रायामाझिको सभापतित्वमा भएको कार्यक्रममा बुटवल उप महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनि प्रमुख अतिथि,प्रहरी कार्यलय सर्वणपथका प्रमुख खगेन्द्र पराजुलि विशिष्ट अतिथि, नेपाल महिला उध्यमि रुपन्देही जिल्ला अध्यक्ष अनिता क्षेत्रि केसि विसिष्टअतिथि रहेका थिए भने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सेवाग्राही सदस्यहरूद्वारा निर्मित बिभिन्ह प्रकारका सामाग्रीहरु प्रदर्शनी समेत गरिएको थियो।


सोही क्रममा बुटवल उप महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनि प्रमुख कर्जा लिनु ठुलो कुरा हैन कर्जाको सहि सदुपयोग गर्नु पर्नेमा जोड दिदै देखा सिक्किको आधारमा कर्जा कारोबार नगरौ संस्थाका प्रतिनिधिहरु संघ समन्वय गरेर कर्जाको सहि सदुपयोग गर्नु पर्ने बताए । यता प्रहरी कार्यलय सर्वणपथका प्रमुख पराजुलि महिला हिङ्सा सम्बन्धि जानकारी गराउदै डिजिटल बैंकिङ् प्रणालिका बारेमा जानकारि गराएका थिए ।

भने नेपाल महिला उध्यमि रुपन्देही जिल्ला अध्यक्ष अनिता क्षेत्रि केसि तपाईं हाम्रो ठाउमा सप्तरी बाट महुलि लघुवित्त आएर कर्जा कारोबार गर्दै आउनु भएको छ यो हामी सबैकोलागि सुखद कुरा भएको र यश संस्थाको सेवा सुबिधा लिई हामिले फाइदा लिनु पर्ने बताएकि छन् क्षेत्रिले हामी पनि यश संस्था संघ अव समन्वयगर्ने छौ हामी महिला अव भान्सामा नभई एक असल उध्यमि बन्न आवश्यक रहेकाले यश संस्थावबाट हामिले लाभ लिनु पर्ने धारणा राखेकि छन्।


यता संस्थाका तर्फबाट केन्द्रीय कार्यालयका का.मु प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिह हामिले देखा सिक्किमा कर्जा कारो बार गर्न नहुने धारणा राख्दै हजुरहरु भनेको हाम्रो परिवारको सदस्य रहेकाले हजुरहरुको आवश्यकता पर्याउनु हाम्रो पनि दाहित्व रहेको बताउदै हामी नाफामा हैन शेवामा ध्यान दिरहेको बताउनु भएको छ राउत भन्नु हुन्छ हामिले जहाँ अप्ठारो त्यहा महुलिको उज्यालो उदेश्यका साथ हाम्रा सदस्यहरु अप्ठारोमा पर्दा हाम्रो उपस्थिति बाक्लो बनाएको बताउदै कर्जा कारोबार मात्र नभएर बचत गर्दा भोलिको दिनमा त्यहि बचत बाट गर्जो टार्न सकिने धारणा राख्नु भएको थियो ।


वित्तीय साक्षरताका विभिन्न आयामहरूमा अन्तरक्रियात्मक छलफल गर्दै सहभागीहरूलाई बचत, कर्जा, बीमा लगायतका विषयमा सचेत गराइएको थियो । साथै, उत्कृष्ट केन्द्र तथा सदस्यहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कोहलपुर कलस्टर कार्यलय प्रमुख कृष्ण न्यौपानेले स्वागत मन्तव्य राखेका थियो भने केन्द्रीय कार्यालयका का.मु प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिह ज्यु यसै शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

९० जना सेवाग्राही र कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न यो कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई अझ गहिराइसम्म पुर्याएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *