बेलका नगरपालिका का सामुदायिक विद्यालयका विद्यार्थीका लागि खाजाको ‘मेनु’ तयार भएको छ ।
सरकारले देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन रोक लगाएको छ ।
यो निर्णय संगै सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दैनिक एक जना विद्यार्थीले १५० देखि दुई सय ग्रामसम्म ताजा खाजा खान पाउने गरी खाजा कार्यक्रम देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । यसले विद्यार्थीको पौष्टिक पक्षका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ तयार गरेको छ ।
बेलका नगरपालिकाको सामुदायिक बिध्यालयले मापदण्ड अनुसारनै खाजा खुवाएको बताय बेलका शिक्षा अधिकृत सुनिल निरौलाले । नियमित अनुगमन बाट बेलकाको सबै सामुदायिक बिध्यालयमा भुटेको भात र तरकारी ,पुरी तरकारी ,भुटेको अन्डा र चिउरा,चामलको खिर र तरकारी ,पानी रोटि,दहि चिउरा र तरकारी खुवाएको / खुवाउदै आएको बताय।
अधिकान्स बिध्यालयले आफ्नो बिध्यालयको facebook page तथा सामाजिक सन्जालबाट खाजा खुवाएको तस्वीर लगाउन बेलकामा होड्बाजी नै चलेको छ।
सामुदायिक बिध्यालयमा खाजा कार्यक्रमले गर्दा निजि बोर्डिङ छोडर धेरै विद्यार्थी सरकारी बिध्यालय जान थालेको पछिल्लो तथ्यांकले प्रमाणित गरेको छ ।



