NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलकामा संसद पुनःस्थापनको खुसिमा दिप प्रज्वलन

1 Mins read

सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशका विभिन्न जिल्लाहरुमा विभिन्‍न दल नेता, कार्यकर्ता र नागरिकले खुसीयालीमा दीप प्रज्ज्वलन गरेका छन् ।

बेलका नगरपालिकाको रामपुर बजार चोकमा नेकपाका नेता कार्यकर्ताले दीप प्रज्ज्वलन गरेका हुन् । कार्यक्रममा दिपक दङ्गाल, पुस्प सुवेदी, मनोज तामाङ ,रमण भट्टराई ,धनपती आचर्य, खगेन्द्र खड्का ले आफ्ना भनाइ राखेका हुन ।

सर्वोच्च अदालतले संविधान र जनताको पक्षमा फैसला गरेको भन्दै दीप प्रज्ज्वलन गरेको नेकपा बेलका अध्यक्ष मनोज तामाङले बताए । बेलकामा सर्वोच्चको फैसलालाई मधेसवादी दल र कांग्रेस/ राप्रपाका नेताले स्वागत गरेका छन् ।

यस्तै नेकपा दाहाल–नेपाल पक्षले बेल्टार ,गाइघाट कटारी ,उदयपुरगडी ,लिम्चुङ्बुङमा दीपावली गरेको हो । सर्वोच्चको निर्णय जनताको पक्षमा भएको भन्दै उक्त समूहका नेता तथा कार्यकर्ताले बेल्टारको पुष्पलालपार्क कटारिको भूगोल चोकमा दीप प्रज्ज्वलन गरी खुसियाली मनाएका हुन् । दीपावलीमा सयौं नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

यसैगरी सदरमुकाम गाइघाटमा रहेको कार्यालय परिसरमा युवा / विद्यार्थी / महिला / मजदुरहरुले मैनबत्ति बालेर खुशियाली मनाएका छन् ।

‘संविधान विघटन हुनबाट जोगिएको ऐतिहासिक उपलब्धि सर्वोच्च अदालतबाट प्राप्त भएर संसद् पुन:स्थापना भएको दिनमा जिल्ला भरी मैनबत्ति बालेर खुशियाली मनाएका हौं’, नेकपाका उदयपुर अध्यक्ष बिनोद कट्वाल ” दिवसले भने।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *