NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

मगर संघ बेलका को २दिने कार्यशाला गोष्ठी सुरु ।

1 Mins read

नेपाल मगर संघ बेलका नगर वडा नं ४ को आयोजनामा सॉगठनिक ईतिहास,कार्यभार र धर्म संस्कार सम्बन्धि कार्यक्रमको २ दिने गोष्ठी चैत्र २० गतेबाट संचालन भएको छ ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा बेलका नगरपालिका भित्रका अधिकांश मगर समुदायको उपस्थिती रहेको आयोजकले बताएको छ।
जनजाति सभाहलमा भईरहेको प्रशिक्षनात्मक कार्यक्रममा मगर समुदायको बाक्लो उपस्थिती रहेको छ।
मगर संघका ४ नं वडाध्यक्ष स्याम कुमार खपांगी मगरको अध्यक्षतामा संचालित कार्यक्रममा धर्म गुरु साम्देनाम्दाक निकेश मगरको बिषेश उपस्थिती रहेको छ।धर्म गुरु मगरले दुई दिनसम्म सहभागीहरुलाई मगरहरुको धर्म संस्कार संस्कृति सम्बन्धी प्रशिक्षण गर्नुहुनेछ। आयोजक समितीका सोम कुमार लिमेल मगरले बताए।
प्रदेश नं १ , मगर संघका सदस्य राज बहादुर राना मगरको प्रमुख अतिथी रहेको कार्यक्रममा मगर अभियन्ता हरुको उपस्थिती रहेको छ।मगर समुदायहरुले आगामी जनगणनामा धर्मको महलमा बुद्ध धर्म लेख्न र लेखाउन बक्ताहरुले जोड दिएका थिए।
कार्यक्रममा आदिवासी जनजाति महासंघ बेलका नगरका अध्यक्ष ललित राई, जनजाति महासंघ कटारीका अध्यक्ष केदार मगर, जिल्ला सदस्य जयराम पुर्बछाने ,मगर अभियन्ता जेवी घले, हरी मगर, टम बहादुर मगर लगायतले कार्यक्रमलाई संबोधन गरेका थिए। कार्यक्रम सोम कुमार लिमेल मगरले संचालन गरेका थिए भने एक सय पचास बढी मगर अगुवा अभियन्ताहरुको उपस्थिती रहेको थियो।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *