NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

बेलकामा मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु

1 Mins read

उदयपुरको बेलका नगरपालिका–५ जहडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बेलका नगरपालिका–५ जहडाकी ७० वर्षीया इच्छाकुमारी राईको मृत्यु भएको हो ।

मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार–चतरा खण्डको सडकमा पर्ने जहडामा फत्तेपुरबाट रामपुर तर्फ जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

मोटरसाइकलको ठक्करपछि घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ‘घोपा’ मा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका–१ का ३५ वर्षीय आलोक राईसमेत घाइते भएका छन् ।

उनको सोही अस्पतालमा नै उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ । बेलकामा अत्यधिक दुर्घटना बढ्न थालेको छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *