सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले २२१ के.जि अबैध गाजा बरामद गरेको छ।
५ गते रातीको २ बजे सप्तकोशी नदीकाे बाटो हुँदै गाडीको टायरमा प्रयोग हुने टियुबमा बाँसको च्याङ बनाई गाँजा लोड गरी चतरा तिर बाट चक्रघट्टी तर्फ ल्याउदै छ भन्ने गोप्य सुराकीको आधारमा इलाका प्रहरी कार्यलय महेन्द्रनगरको प्र.नि.पाण्डब कुमार राजबंशीको कमाण्डमा र ई.प्र.का. चतराबाट ५ जना गरी जम्मा १४ जना प्रहरी टोलीले गाँजा ल्याएको स्थानमा क्षेत्रमा घेरा हाली सप्तकोशी नदिमा डुङ्गा र जेटबोट समेतको प्रयोग गरी खोजि गर्ने क्रममा उक्त गाँजालाई प्रहरी टोलीले घेरा हालेको थाहा पाएपछि अन्यन्त्र लैजान नसकेपछी तस्करहरु ठुलो परिमाणको गाजा छोडि फरार भएका छन। उक्त अवैध गाजा सप्तकोशीको नदीको दुबै तर्फ पानी बगेको बिचको भागमा रहेको कोशी टप्पु स्थित जंगलको काँडा घारीमा प्लाष्टिकको ७ वटा बोरामा प्याक गरी लुकाएर राखेकाे २२१ केजि गाँजा बरामद गरिएकाे प्रहरीको भनाई छ ।
उक्त गाँजा ल्याउने ब्यक्तिको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
लागुपदार्थ र अबैध गाजाको ट्रान्जिट पोइन्टको रुपमा रहेको बराहक्षेत्र नगरपालिकामा पुर्वी पहाडी जिल्लाहरुबाट सप्तकोशी नदिको बाटो हुँदै भारततर्फ ठुलो परिमाणमा बर्षेनि लागुऔषको ओसारपसार हुने गरेको छ।
प्रहरीका अनुसार भोजपुर , धनकुटा तथा उदयपुर जिल्लाबाट सप्तकोशी नदिको बाटो हुँदै ल्याइने बासमाथी प्लास्टिकको बोरामा हालेर अबैध लागुऔषध तस्करहरुले निकासी गर्दै आइरहेको छन। पहाडी जिल्लाबाट नदिको बाटो हुँदै ल्याइने गाजालाई चतरा पुल तथा सिसौली घाट हुँदै प्रकाशपुर सम्म ल्याएर त्यसपछी गाडिमा हाली लैजाने गरेको भन्दै प्रहरीले स्थाल मार्ग र जलमार्गमा बिशेष सुरक्षा जाँच र साथै सक्रियता बढाएकोले बिगतको तुलनामा व्यापक मात्रामा लागुऔषध र त्यसमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सफल हुँदै गईरहेको छ भने उदयपुर र सुनसरीको सिमाना कोसिपुल(चतरापुल) मा उदयपुरबाट एक महिनाको अवधीमा ८०० केजि गाजा समेत पक्राउ गरेको हुँदा यश ठाउँ अहिले ट्रान्जिट पोइन्ट बन्दै गरेको पाइन्छ ।


