NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

फेसबुक प्रोफाइलमा यसरी राख्नुहोस् थर बिनाको नाम

1 Mins read

सामाजिक सञ्जाल फेसबुकमा अकाउन्ट खोल्दा तपाईंले आफ्नो पुरा नाम राख्नुपर्छ । अर्थात् एक शब्द वा थर बिना तपाईंले फेसबुक प्रोफाइल बनाउन सक्नुहुन्न ।

तर फेसबुकले केही देशमा एउटा मात्र शब्द (नाम) राख्न पाउने व्यवस्था मिलाएको छ । नेपालमा यो फिचर उपलब्ध नभएपनि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरी एउटा मात्र शब्दको प्रोफाइल नाम राख्न सकिन्छ ।

इन्डोनेसियामा प्रायः मानिसको एउटामात्र नाम हुन्छ । इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नो र सुहार्तोको फेमिली नेम, अर्थात् थर थिएन । त्यसैले फेसबुकले इन्डोनेसियामा एउटा मात्र नामको अकाउन्ट राख्न दिनु स्वाभाविक हो ।

तपाईंले इन्डोनेसियाकै भीपीएन प्रयोग गरेर एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।

यसका लागि पहिले एन्ड्राेइड मोबाइलको गुगल प्ले स्टोरमा VPN -Indonesia नामको एप डाउनलाेड गरेर कनेक्ट गर्नुहोस् वा अन्य कुनै भीपीएनबाट इन्डोनेसियाको सर्भरमा कनेक्ट गर्न सक्नुहुन्छ ।

-यति गरिसकेपछि आफ्नो फेसबुक अकाउन्टको सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् ।
 -‘सेटिङ एण्ड प्राइभेसी’ भित्र पर्सनल इन्फर्मेसनमा  जानुहोस्।
त्यहाँ ‘नेम’ सेक्सनमा गएर नाम परिवर्तन गर्न वा एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।
त्यसपछि परिवर्तन भएकाे नाम सेभ गर्न आफ्नो फेसबुक पासवर्ड राख्नुहोस् ।
यति गरिसकेपछि तपाईंको फेसबुक प्राेफाइलकाे नाम परिवर्तन हुनेछ ।
यसरी तपाईंले फेसबुक अकाउन्टमा एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।  

नोट: तपाईंले फेसबुक प्रयोग गर्दा लगईनको आईपी एड्रेस फेसबुकले जाँच गर्छ । त्यो जाँचमा तपाईंको आईपी एड्रेस लोकेसनसँग एसोसिएट नभएको पाइएमा तपाईंको अकाउन्ट अस्थायी रुपमा ब्लक पनि हुनसक्छ । त्यसपछि तपाईंले त्यो ब्लक हटाउन फेसबुकलाई आधिकारिक कागजात बुझाउनुपर्ने सम्म हुनसक्छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *