NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मन्त्रीले गरे थारु संग्रहालयको उद्घाटन

1 Mins read

सुमन सागर/ बेलका
थारु जातिको कला,सस्कृति,रितिरिवाज,परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले स्थापना गरिएको थारु सास्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ ।
बेलका नगरपालिका वडा नं २ बेल्हामा सनिवार समा चकेवाको शुभ अबसरमा थारु संग्रहालयको उद्घाटन उधोग पर्यटन तथा वन बाताबरण राज्य मन्त्री बिजय बिस्वासले गरका छन। बेल्हामा स्थापना भएको संग्राहलय पछिल्लो समय आन्तरिकको पर्यटकिय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ।
६ धुर जग्गामा निर्माण गरिएको संग्रहालय भवन ३६ हजार रुपैयाँ चन्दा उठाएर शुरु गरिएको संग्रहालयका सल्लाहकार नन्दी चौधरिले बताए।

प्रदेश सरकार , स्थानिय सरकारको सहयोगमा निरन्तरता पाएको संग्रहालय थप ब्याबस्थित गरिएको छ।

थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहनाहरु, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडाहरु, ढकिया, गुन्दी,जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा,हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीरहरु राखिएको छ।

थारु संग्राहलयमा थारु जातिको कला,सस्कृति, रितिरिवाजसँगै थारु जातिका झ झल्को आउने सामाग्री राखिएको छ ।
थारु जातिक कला,सस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु संग्राहलय स्थापना भएको उधोग पर्यटन तथा वन बाताबरण राज्य मन्त्री बिजय बिस्वासले बताए ।
त्यही उद्देश्य अनुसार साँस्कृतिक संग्राहलयमा थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहनाहरु, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडाहरु, ढकिया, गुन्दी,जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा,हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीरहरुले थारु जातिको रितिरिवाज झल्काउने मन्त्री बिस्वासले बताए ।

थारु संग्राहलयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान,कला सस्कृति झल्काउने मुर्तिदेखि चित्रहरु रहेका छन’,मन्त्री बिस्वासले भने,‘यसले थारु जातिको जन्मदेखि मृत्युसम्मको परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिहरुलाई समेत सहयोग पु¥याउनेछ ।

संग्रहालय निर्माण गर्न जग्गा दान गर्ने मिश्रिकान्त चौधरीलाई सम्मान गरिएको थियो।

बेलहा मा स्थापना भएको थारु संग्रहालय बिकसित गर्न सकेको खण्डमा पर्यटकिय हिसाबले समेत परिचित हुने प्रदेश सभा सदस्य बिमल कार्किले बताए। निर्माणको क्रममा समेत आर्थिक सहयोग गरेका कार्किले प्रदेशकै नमुना संग्रहालयको रुपमा बिकास गर्न आफू लागि पर्ने बताए।

नगरपालिकाको पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने नगरपालिका लागि परेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बाताए। थारु उत्थान समिती निर्माण गरि समितिकै मातहतमा निर्माण गरिएको संग्रहालयको बिकास र प्रवधनमा नगरपालिकाले कुनै पनि कसरु बाकी नराख्ने र होम स्टेको समेत बिकास भएको त्यस क्षेत्रलाई पर्यटकिय हबको रुपमा बिकास गर्ने मेयर थापाले बताए।

थारु जातिको बढी बाहुल्यता रहेको त्यस भु भागमा थारुको जनजिवन उकास्ने खालका कार्यक्रमको आवस्यकता रहेको, रैथाने र भुमिपुत्रको रुपमा समेत परिचित थारु समुदायको संरक्षण र प्रवधनमा सबै तहको सरकारको सरोकार रहेको बेलका नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश्वर चौधरीले बताए।

उद्घाटन कार्यक्रममा थारुजातिको रितिरिवाज झल्कने नाचगान गरिएको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका थापा , सुनिता चौधरी ,बेलका नगरपालिका उप प्रमुख राज कुमारी चौधरी , त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरी ,उप प्रमुख देवि चौधरी , सप्तकोशी नगरपालिका नगर प्रमुख उत्तम कुमार गौतम , उप प्रमुख स्थानिय जानैतिक दलका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुखले संग्रहालयको नियमित सन्चालन र बिकासको लागि शुभकामना मन्तव्य राखेका थिए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *