सहयोगी साकोस द्वारा रक्तदान सम्पन्न
सहयोगी बचत तथा ऋण सहकारी सस्था उदयपुर जिल्ला बेलका -९ द्वारा आफ्नो ११ औ स्थापनको अवसरमा रक्तदान कार्यक्रम गरेको हो! कोभिड १९ को असर र बिरामीको चाप बढेसगै रगत अभाव भएको बखत सहयोगि साकोसले रक्तदान कार्यक्रम गरेको हो! बिगत ४ बर्ष अगाडि देखि रक्तसञ्चार केन्द्र धरानको प्राबिधिक सहयोगमा रक्तदान हुदैआएको छ ! बेलका नगरपालिकाको विभिन्न वार्ड तथा शान्ति सुरक्षा क्षेत्रका नेपाल प्रहरी ,सशस्त्र प्रहरी विभिन्न ब्याक्तीहरुले रक्तदान गरेका हुन! कसैको रगत अभावमा मृत्यु नहोस भनेर रक्तदान गरेको बताय बेलका ६ का युवा नेता हिराजङ राइले , बेलका नगरपालिका रामपुर बजारमा मुख्य चोकमा गरिएको कार्यक्रममा पुरुष १०२ र महिला १५ गरि जम्मा ११७ जनाले रक्तदान गरेका हुन! पहिलो पटक रगत दिएका बाबुराम आचर्य खुसी छन ,सहयोगी साकोस बेलका नगरपालिकाकै अग्रणी सहकारी सस्था हो! उक्त सहकारीले विभिन्न कार्यक्रम गर्दै आएको छ ! न्यानो कपडा बितरण, कृषि आयाअर्जन , उत्पादनमुलक कार्यक्रम ,जिबिकोपार्जन कार्यक्रम जस्ता हरेक साल गर्दै आएको छ भने यश पटक कोभिड -१९ ले गर्दा रगत अभाव भएको बखत रक्तदान भएको हो भ्ने यश पटक सम्म २८ पटक रक्तदान गरेका सुमन कटवालले बताय!
बेलका नगरपालिकाको सहकार्यमा रामपुर बजारमा रक्तदान भएको सहयोगी साकोसका मुख्य ब्यबस्थापक तेज कुमार खड्काले बताय!



