सुमन सागर/ बेलका
उधमशिलता बाट गरिवि निवारण गर्ने तथा जनशक्तिको विकास गर्ने र बेरोजगार व्यक्तिहरुलाई उधमी बनाउने उद्देश्य सहित “सुरक्षीत भबिस्यको आधार,सीप बाट स्वरोजगार” भन्ने नाराका साथ कात्तिक २१ गते बाट बेलका नगरपालिकाको वडा नं ३ बुद्द्चोकमा ७ दिने थुप्पा तथा चाउमिन बनाउने सीप तालिम सन्चालन भएको छ।
बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरको अध्यक्षतामा तालिम उद्घाटन भएको हो।
बेलका नगरपालिका उधम बिकास शाखाको आयोजनामा सन्चालन भएको तालिममा ११ जना महिलालाइ सीप तालिम प्रदान गरिने छ।
शुक्रवार बेलका नगरपालिकाका नगर प्रमुख साथै उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुर्गा कुमार थापाको हात बाट मेसिन सन्चालन गरि तालिमको उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर थापाले ५ बर्षमा १५ सय ब्याक्तिलाइ सीप तालिम प्रदान गरि उधमी बनाउने उदेश्य रहेको र हालसम्म ६ सय जनालाइ सीप तालिम प्रदान गरिसकेको छ। ५ बर्षे उधोग सम्बन्धि रणनीतिक योजनामा समेटे बमोजिम बेलकाका उधमी बन्न इच्छुक ब्याक्तिलाइ बेलका नगरपालिकाले तालिम आयोजना गरि तालिम पश्चात् उधोग सन्चालन गर्न लाग्ने सामाग्रीमा समेत सहयोग गर्ने बताए।
समृद्धिका लागी दक्ष जन शक्तिको आवश्यक पर्ने र दक्ष जनशिक्तको बिकासका लागी यस्ता खालका तालिमले उर्जा प्रदान गर्ने छ। हामिले
बैदेशिक रोजगारी बाट फर्कनेलाई स्वागत अभियान नामक अन लाइन फर्म भर्ने सिस्टम को बिकास गरेका छौं, पहिलो चरणको ओरेन्टेसन कक्षा सन्चालन गरिसकेको र उधमी बन्ने लाई नगरपालिकाले सहयोग गर्ने छ मेयर थापाले बताए।
उधमी बन्न धेरै चुनौती रहेको हुदाँ चुनौतीहरु लाई सामना गर्न सकेमा मात्र मानिस उधमी हुने र मानिस उधमी भएमा समग्र देशनै समृद्धि तर्फ लम्किने नेकपा बेलका नगर पार्टी सचिब गणेश बस्नेतले बताए ।
उधमी बन्छु भन्ने मानिस रिक्स मोल्न तयार हुनुपर्नेमा जोड दिदैँ उधमी बन्न अत्यान्तै कठिनाई भएकोले यस प्रतिको लगनशिलता,सहनशिलताले मात्र सफल उधमी बन्न सकिने बस्नेतले बताए।
उधोग बाट उत्पादित बस्तुको प्रचारप्रसार गरेर बजारिकरण गरि छिमेकी पालिका सम्म बिक्री गर्न सके बेलकाको बिकासमा यश उधोगले ठूलो भुमिका खेल्ने जनता समाजवादि पार्टिका बेलका नगर अध्यक्ष सुरेन्द्र राईले बताए।
तालिममा सहभागीहरुले आफुलाई थुप्पा बनाउने तालिमले उधमी बनाउन प्रेरणा प्रदान गरेको बताएका छन् । उनीहरुले तालिममा सिकेको बिषयबस्तुहरु लाई कार्यान्वयन गर्दै उधमी बन्न कट्टीबद्धका साथ लागिपर्ने बताए ।


