NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अमेरिकामा नंया रास्ट्रपति बाइडेन, सफथ लिनु अगाडि श्रीमती र छोरी गुमाए

1 Mins read

काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन निर्वाचित भएका हन्। सिएनएनले पेन्सिलभेनिया राज्यमा उनले जितेको प्रोजेक्सन गर्दै बाइडेनले निर्वाचन जितेको जनाएको छ। सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो। मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्। उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि ‘यो निर्वाचन अन्त्य नभएको’ विज्ञप्ति निकालिएको छ।

अमेरिकाभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला लडिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन्।बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन्। बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।
उनले भने, ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सबै अमेरिकीको बन्ने छु । म सेवा त्यसरी गर्ने छु, जसरी मलाई मत दिनेको गर्छु, उसैगरी विपक्षमा मत दिनेको पनि।’

सम्बोधनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएका उनले भने, ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ।’उनले आफूले पनि केही चुनावमा हार व्यहाेरेकाे र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन आग्रह गरे । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने बताए।

सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित हुँदा जो बाइडेन केवल २९ वर्षका थिए । तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्यलाई ह्वाइट हाउसको ढोका खोल्न थप ४८ वर्ष लाग्यो । जतिबेला २० जनवरीमा राष्ट्रपतिको सपथ हुनेछ, त्यतिबेला बाइडेन ७८ वर्ष पुगिसकेका हुनेछन् । अमेरिकी इतिहासमा बाइडेनजत्तिको पाको उमेरमा कोही पनि राष्ट्रपति निर्वाचित भएको छैन ।

कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ कार्यक्रम, रोजगारीमा न्युनतम आय बढाउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसंख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नाटो गठबन्धनलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई बिस्तार गर्ने, आप्रवासीहरुप्रति उदारता देखाउने लगायतका विषयलाई चुनावी मुद्दा बनाएका बाइडेनलाई अमेरिकी जनताहरुले इतिहासमै सबैभन्दा धेरै मत खसालेका छन् । (यद्यपि, अमेरिकी राष्ट्रपतिको चयन लोकप्रिय मत नभएर इलेक्टोरल कलेजका आधारमा हुन्छ र आवश्यक २ सय ७० इलेक्टोरल मत पुुर्याइसकेका बाइडेनले २ सय ९० देखि ३ सय ६ मत ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रक्षेपण छ ।)

कुनै समय रंगभेद उन्मुलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध लडेका बाइडेन आज अफ्रो–अमेरिकी र रंगभेद विरोधीहरुकै नेता बनेका छन्, विभाजित अमेरिकालाई एकढिक्का गर्ने उनको वाचा छ । कुनै समय उनी अस्थिर मानिन्थें, अहिले परिपक्व र धैर्यवान् मानिन्छन् ।

राष्ट्रपति बन्नका लागि उनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो । तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए । उनीविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका थिए । बाइडेनलाई दोस्रो पटक राष्ट्रपतिको दाबी पेश गर्न थप दुुई दशक लाग्यो । २००८ मा डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार रहेका बाइडेनले अन्तत ३ जनवरी २००८ मा उम्मेदवारी फिर्ता लिएर ओबामालाई समर्थन गरे ।

यसपछि ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपतिको उम्मेदवार बने । यस चुनावमा गोराहरुलाई ओबामातर्फ आकर्षित गराउन बाइडेनकोे भूमिका ठूलो थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको बुुझाईमा ‘अमेरिकाले पाएका उपराष्ट्रपतिमध्ये बाइडेन अहिलेसम्मकै उत्कृष्ट हुन् ।’ यस्तो टिप्पणी अस्वभाविक पनि होइन, किनकि ह्वाइट हाउसमा युवा ओवामालाई अनुुभवी बाइडेनले नै उपराष्ट्रपतिका रुपमा दरिलो साथ दिएका थिए ।

पटक–पटक सिनेटर भइसकेका बाइडेनसँग सिनेटको न्यायिक समिति र विदेश विभाग कमिटीको अध्यक्षता गरेको अनुुभव थियो भने ओबामासँग युवा जोश । एफोर्डेवल केयर एक्ट, आर्थिक मन्दीको समय ल्याइएको इन्सेन्टिभ प्याकेज र सुधार योजना, पेरिस जलवायु सम्झौता, ईरानसँगको आणविक सम्झौता लगायतमा बाइडेनको भूमिका पक्कै कम थिएन । ओबामासँगको घनिष्ट सम्बन्धका कारण पनि अफ्रो–अमेरिकी मतदातामाझ बाइडेन लोकप्रिय बने । उनी ओबामालाई आफ्ना ‘भाई’ भन्थें ।

ओबामा कार्यकालमै सिरिया द्वन्द्वमा अमेरिका फस्यो, दशौं लाख बिस्थापित भएको र लाखौंले ज्यान गुमाएको यस द्वन्द्वको घाउ अझै आलै छ । लिबियालगायत अन्य भूू–भागमा पनि अमेरिकी सैनिकले हस्तक्षेप गरे । त्यसैले, ओबामा कार्यकालको उपलब्धिका जस लिने बाइडेनलाई यस समय भएका गल्तीको अपजस पनि जान्छ ।

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ।रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्। बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्। खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् – कुनै रकस्टारले जस्तै।

“उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन,” पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए।तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *