NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपामा जति नेता पुगेका छ्न ती सबै प्रचण्डले पुर्याएका हुन – झाक्री

1 Mins read

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की युवा नेत्री एवं सांसद रामकुमारी झाक्रीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास र आजको जबरजस्त नेता भएको टिप्पणी गरेकी छन्। एक अन्तर्वार्तामा झाक्रीले प्रचण्ड राजनीतिक ग्याम मेकर भएको पनि टिप्पणी गरिन्।

आजको समयमा राजनीतिक अस्तित्वमा रहेर जतिले बर्दिफुली लगाउन पाएका छन् त्यसमा प्रचण्डको योगदान रहेको उनको दाबी छ। इतिहासमा प्रचण्डको योगदान नभएको भए सम्भवतः त्यो सम्भव नहुने झाक्रीको तर्क थियो। प्रचण्डले पृष्ठभूमिका गरेको सहयोग कसैले पनि भुल्न नहुने उनको धारणा छ।

‘प्रचण्ड स्वीकारदा/नस्वीकारदा अथवा मान्दा/नमान्दा पनि एउटा जबरजस्त नेता हो। आज अस्तित्वमा भएर बर्दिफुली लाउनेहरू प्रचण्डको योगदान बिना कोही भएका होइनन्, ‘ उनले भनिन्, ‘त्यस कारण प्रचण्डप्रति प्रहार गर्दा हेक्का राखौं। इतिहासमा र आज प्रचण्ड जबरजस्त नेता हो र उहाँ ग्याम मेकर, च्यान्जर, प्लेयर सबै हो। अहिलेका पात्रहरू प्रचण्डको सहयोग विना भएका होइनन्।’

प्रचण्डमा केही कमजोरी रहेको भए पनि इतिहासले उनको भूमिकाले जबरजस्त नेता बनाएको झाक्रीले बताइन्। जनआन्दोलनपछि जति व्यक्तिले देशको नेतृत्व गर्न पाए त्यो सम्भव प्रचण्डको योगदानका कारण भएको उनको टिप्पणी छ। केही कमजोरीले अहिलेको महत्त्वपूर्ण राजनीतिकमा एक मेकर हुनबाट च्युत भएपनि जसलाई चाह्यो त्यसलाई बनाउन सक्ने खेलाडी प्रचण्ड हुन् भन्ने इतिहास सत्य भएको झाक्रीले बताइन्।

अहिलेको परिवर्तनको मुख्य संवाहक प्रचण्ड भएको उनले बताइन्। ‘प्रचण्डले ज्यानको बाजी थापेर युद्ध नलडेको भय यिनीहरूलाई राजा ज्ञानेन्द्रले नख्खुको जेलमा कहिले ननिस्कने गरी कोची रहेको हुन्थे। अहिले जो जोले जे जे पद पाएका छन् त्यो सब प्रचण्डको कारण सम्भव भयको हो। खोलो तर्ने र लौरो फल्नेलाई म भन्न चाहन्छु खोला फेरी पनि आउन सक्छ र तर्नु पर्छ याद गर्नुस्। अहिलेको बर्दी र फुली बाट नामात्तिनुहोस,’ उनले भनिन्।

उनले पार्टी एकताको बायोलोजिकल मदर केपी ओली नभएको टिप्पणी पनि गरिन्। उनले पार्टी एकता प्रचण्डसहित अन्य नेताहरूको कारण मात्र सम्भव भएको बताइन्। झाक्रीले भनेकी छन्, ‘एकताको बायोलोजिकल मदर प्रचण्ड, वैचारिक हिसाबले झलनाथ खनाल, सूत्रधारको हिसाबले वामदेव गौतम र यसलाई टुंगोमा पुग्न सहयोगी भूमिका खेल्ने माधव नेपाल हुन्।’

केपी ओलीले शक्तिशाली प्रधानमन्त्री बन्ने चाहनाले मात्र एकतालाई स्वीकारेको उनको टिप्पणी छ। प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको उनले बताइन्। बायोलिकल मदर भएको भए केपी ओलीले ‘यु क्यान गो’ भन्न नसक्ने उनको दाबी छ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *