NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

बेलकामा १० सैया अस्पतालको भवन सिलन्यास

1 Mins read

बेलका/ १५ मंसिर – ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ सेवा बिस्तार गर्ने अनुरुप बेलका नगरपालिकामा १० सैयाको अस्पतालको सिलन्यास गरिएको हो।
देशै भरी ३९६ वटा स्थानीयमा मंसिर १५ गते ५-१५ सम्मको सैयाको अस्पतालको सिलन्यास भएको हो ।१ नम्बर प्रदेशको उदयपुर जिल्लामा बेलका नगरपालिका सहित अन्य २ स्थानीय ताप्लि गाउपालिका र लिम्चुङ्वुङ गाउपालिका रहेको हो ।
बेलका नगरपालिकाको वार्ड न-६ किरातचोक अगाडि बनक्षेत्रमा १० सैयाको अस्पतालको एक कार्यक्रम गरि जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुबेदिको विशेष उपस्थितमा सु सप्पन्न भयो।अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने छ  । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गरिरहेकाले यो संघीयता कार्यान्वयनको सफल उदाहरण पनि भएको नेकपा नेता रमण भट्टराईले बताय ।
अस्पताल सिलन्यास कार्यक्रममा नगर उपप्रमुखले आक्रोश व्यक्त गरेकी हुन कार्यक्रममा महिला उपस्थित कम भएको मन्तव्य अरु महिलालाई नदिएको हरेक कार्यक्रम पुरुषमैत्री भएको ,जनसंख्याको आधारमा महिलाको अधिकार सुनिस्चित गर्न माग गरिन । १० भाले पुरुष बिचमा १ महिला कतै नसुहाएको यस्तो कार्यक्रम अन्त हुनुपर्ने बताइन ,
कार्यक्रममा वार्ड न ६ लाई एक नया एम्बुलेन्स हस्तान्तरण गरिएको हो । बेलका नगरपालिकामा वार्ड न -६ दुर्गम वार्ड हो । चुनावी घोषण पत्रमा जस्तै काम भयकोमा खुसी व्यक्त गरे नेकपा अध्यक्ष मनोज तामाङले ,
कार्यक्रममा विभिन्न ब्याक्तीहरुको उपस्थित रहेको हो ।
१० करोड ८३ लाख ३६ हजार रुपैयामा १० सैयाको अस्पताल बन्नेछ भने यश बर्ष ८५ लाख आएको र यश अस्पताल बहुबर्षिय रूपमा निर्माण सम्पन्न हुनेछ ।यश भवन बनाउन जम्मा १६ कट्ठा जग्गा उपलब्ध भएको हो २ जना मेडिकल अधिकृत सहित १७ जना स्वास्थ कर्मचारीको दरबन्दी रहने बताय निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले ।
केन्द्रिय सरकारकोको लोकप्रिय कार्यक्रम अन्तरग्त ३९६ वटा स्थानीय तहमा मात्र अस्पताल बनिरहदा अरु स्थानीय तहले बिरोध सिर्जना गरेका छ्न । पाउनु पर्ने स्थानीय तहले नपाएको आवश्यक ठाउँमा हुनुपर्ने अनावश्यक ठाउँमा निर्माण गर्न लागिएको भन्दै बिरोध भएको हो ।
बेलका नगरपालिकामा भने अस्पताल निर्माण स्थल आजभन्दा ३ बर्ष अगाडि बेलकाको नगरकार्यपालिकाले बेलकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पसलाई भोगचलनको लागि स्वकृत दिसकेको हो भने २०७६/१० १९ गते नगरप्रमुखले ४ किल्ला क्षेत्र तोकेर दिएको उल्लेखित छ भने ,अचानक अस्पताल बन्ने निर्णयले शिक्षा क्षेत्रका अगुवा ब्यक्तिले बिरोध गरेका छ्न, अस्पताल बन्नु सबैभन्दा राम्रो तर क्याम्पस क्षेत्रको जग्गा बाहेक अन्य ठाउँमा बनाउनु पर्ने माग राखे। उक्त जग्गा जातिय,क्षेत्रिय संघ ,सस्थाले भोगचलन गरेपछि क्याम्पसको भाबी उन्नति प्रती सन्खा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दुर्गा कुमार थापा ले बेलकाबासी तथा विशेषगरी वार्ड् न ६ का जनतालाइ धन्यवाद व्यक्त गरेका थिए । जन्मिने देखि मर्ने सम्म नगरपालिकाले निसुल्क सेवा दिदै आएको र स्वास्थ क्षेत्रमा देशकै अगाडि रहेको बताय बेलका नगरपालिका कोभिड-१९ त्यस अनुसार महिला ,बालबालिका ,सर्पदन्सउपचारमा कमि आउन नदिएको बताय विद्यार्थी लगायत हरेक वार्डका जनतालाइ आँखा उपचार समेत पुर्याएको बताय । जनतालाइ अकालमै मर्न नदिन मेडिकल अधिकृत समेत राखिएको बताय । हरेक वार्डलाइ एम्बुलेन्स बितरण गरिएको र वार्ड न ७ लाई छिटै बितरण गर्ने बताय । यश लगायत हरेक कार्यक्रम नेपालि कांग्रेस बेलकाले बिरोध जनाउदै आएको छ भने जनता समाजबादिलेका सुरेन्द्र राइले समेत आफ्नो भनाइ राखेका हुन ।वार्ड न ६ का अध्यक्ष वसन्त मगरले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *