बेलका/१८मंसिर बेलका नगरपालिकाका एक युवाले जनता समाजवादी पार्टीको वडा सचिवमा नरहेको घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टि (नेकपा) बेलका नगर अध्यक्ष मनोज तामाड०लाई आज एक बिज्ञप्ती पत्र बुझाएका छन।
बेलका नगरपालिका वडा नं ७ मैनामैनीका जितेन राईले आफु सो पार्टीको वडा नं ७ को वडा सचिव पदमा नरहेको भन्दै आज मंसिर १८ मा एक बिज्ञप्ती पत्र जारी गरेका छन्।बिज्ञप्तीमा बेलका नगरपालिका वडा नं ७ मैनामैनी निवासी म जितेन राई बर्ष २६ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियु’को बिधान निती र कार्ययोजना अनुसार कार्य गर्दै आएकोमा गत मिती २०७७ असार २२ गते बेलका नगरमा गठित जनता समाजवादी पार्टीको बेलका नगरपालिका वडा नं ७ मैनामैनीको वडा कमिटीको सचिव पदमा मनोनीत गरेर राखिएको सुचना बिभिन्न संचार माध्यमबाट भर्खरै मात्रै जानकारी प्राप्त भएकोले आफु सो संगठनको कुनै पनि पदमा नरहेको जानकारी यसै बिज्ञप्ती मार्फत जानकारी गराउदछु’ भनिएको छ।
बिज्ञप्तीको दोश्रो तथा अन्तिम हरफमा नेकपा पार्टीको सिद्धान्त , निती र बिचार प्रति म सदैव अडिग रही पार्टीको निर्देशनको सदैव पालना गर्ने कम्युनिस्ट युवा कार्यकर्ता भएको समेत यसै बिज्ञप्ती मार्फत जानकारी गराउदछु , हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ।
बिज्ञप्ती पत्र बुझ्दै नेकपा नगर अध्यक्ष मनोज तामाड०ले
युवाहरु को चाहना र भावनालाई बुझ्ने पार्टी नेकपा मात्रै भएकोले उचित समयमा उचित ढंगले युवाहरुलाई व्यवस्थापन गर्दै लैजाने बताए। राईलाई नगर अध्यक्ष तामाड०ले अंकमाल गरि पार्टीमा स्वागत गरे।


