बेलका/ उदयपुर जिल्ला बेलका नगरपालिकाको एक सस्था बेलका युवा बिकासको पहलमा बेलका नगरपालिका वार्ड-६ अजिगारे निवासी दिपक राईको छोरी ८ महिनाको बिध्या राईको नाकमा ब्लड जम्मा भएको,रोगको उपचार गर्नको लागि विभिन्न ब्याक्ती सस्थाको सहयोगमा उक्त सस्थाका अध्यक्ष भोजराज राइ लगायत विभिन्न ब्याक्तीको पहलमा रु ५०५०० अक्षेरि पचास हजार पाच सय रूपमा आर्थिक सहयोग गरेका हुन । घर परिबारको आर्थिक अवस्था ज्यादै कम्जोर रहेको हुदा उपचार गर्न अझै धेरै आर्थिक लाग्ने हुदा सहयोगको लागि अपिल गरेका छ्न । हाल बिरामीको उपचार घोपा क्याम धरानमा भैरहेको बताय ।


