आवर बेलका / २३ मंसिर – बेलका नगरपालिकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पस हाल संचालन भैरहेको छ । ५० भन्दा माथी अध्यनरत विद्यार्थी छ्न भने हाल बाणिज्य सन्काय अध्यन भैरहेको छ । स्थानीय तह पछि नगरपालिकाको सहयोगमा २ भवन निर्माण भैसकेको छ भने एक भवन प्रदेश कार्यलयबाट निर्माण भएको हो । भर्खरै क्याम्पस सरस्वती मन्दीरको सिलन्यास कार्यक्रममा ब्यबस्थापन समितिका अध्यक्ष रमण भट्टराईले ५० हजारको विद्यार्थी छात्रवृत्ति कोषको घोषणा गरे भने विभिन्न ब्याक्तीले क्याम्पस संचालन गर्न आ आफ्नो राय व्यक्त गरेका थिय । आज एक कार्यक्रममा अध्यक्ष भट्टराईले मुख्यमन्त्री राइलाई बिचमा राखेर नेकपा १ नम्बर प्रदेश कमिटी सचिव तथा संघीय माननीय सुरेश कुमार राई (हिमाल) लाई थप सन्काय शिक्षा लगायत भौतिक पुर्वाधारको लाई एक ग्यापन पत्र हस्तान्तरण गरेका हुन। नेकपा नेताको आफ्नै घर बेलकामै भएको हुदा बेलकाको जनतामा क्याम्पसको स्तरउन्नती हुनलागेकोमा खुसी व्यक्त गरेको छ्न ।राइ केन्द्रको संसदिय समिति अन्तर्गत शिक्षा उपसमिति संयोजक हुन ।


