सुमन सागर/ बेलका
बेलका नगरपालिका वडा २ गिदेरी खोलामा रहेको झोलुङ्गे पुल खोलाले धार परिवर्तन गर्दा जोखिममा परेको छ।
वडा नं २ को टप्पु र बांन्डांडा जोड्ने पुल बर्सेनि आउने बाढिका कारण पुलको पुर्व पट्टिको भागमा खोलाले धार परिवर्तन गर्दा पुल जोखिममा परेको स्थानीय लक्ष्मण थापाले बताए।
गिदेरी खोला पारी रहेका चिलिया , रामनगर , बुधबारे, क्रान्ति चोकका हजारौ मानिसका लागि सुबिधा बनेको पुल स्थानिय सरकारले ब्याबस्ता गर्दा जोखिममा परेको छ।
२०७५ सालमा निर्माणको काम सकिएको झोलुङ्गे पुल १ करोड १७ लाख २२ हजार ४ सय ६२ रुपैयाँमा इस्टामेट गरिएको थियो। खोलाले पुर्व पट्टि कटानलाई निरन्तरता दिए पछि पुल जोखिममा परेको पुल निर्माण समितिका अध्यक्ष बद्री महतोले बताएका छन।
पुलको मुख्य पिलरको बल्टु समेत चोरी भएको स्थानिय लक्ष्मण थापा बताउछन।
प्रहरी प्रसासन बाट गस्ती नहुनु पुल संरक्षणमा स्थानीयको समेत लापरबाहीलेका कारण पुल जोखिममा परेको छ हामीले पटक पटक स्थानीय सरकारलाई जानकारी गराएका छौ तर सुनुवाई भएको छैन थापाले भने ,कृषकले उद्पादन गरेको तरकारी यहि बाटो भएर मुख्य बजार बेल्टार , फतेपुर, गाइघाट जाने गरेका छन यसको संरक्षणमा सबैले चासो देखाउन जरुरी रहेको छ।
पुल संरक्षण गर्नका लागि निबेदन आएको छ हामी वडा बाट यसको संरक्षणमा लागेका छौ बेलका नगरपालिकाको कार्यालय बाट डोजर ल्याएर खोला सिधा बनाउने र तटबन्धको लागि आबस्यक जालिको समेत माग गरि पुलको संरक्षणमा लाग्ने बेलका नगरपालिका वडा नं २ का वडा अध्यक्ष मिश्रिलाल चौधरीले जानकारी दिए।


