आवर बेलका/ अनेरास्ववियूका विद्यार्थी नेताहरूले आइतबार प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रदेशस्तरीय भेला गर्दै ओलीलाई खबरदारी गरे । अनेरास्ववियु प्रदेश १ को ब्यानरबाट आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका छन् ।
पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले पार्टीभित्र आन्तरिक समस्या देखिएको बताए । उनले पार्टीको निर्णय नमानी सरकार सञ्चालन गर्दा जनजीविकाको समस्या सरकारले सम्बोधन गर्न नसकेको दाबी गरे । ती विषयमा पार्टी शीर्ष नेताले प्रश्न उठाउँदा विभाजनको धम्की दिएको उनको दाबी थियो । मन्त्री आङ्बोले प्रधानमन्त्री संघीयता, धर्मनिरपेक्षतालगायत परिवर्तनको पक्षमा नरहेको दाबी गरे । पार्टी लेलिनबादी सङ्ग्ठनबाट अगाडि बढ्ने हुदा केन्द्रिय कमिटीले गर्ने निर्णय ओलिले मान्नु पर्ने बताय । नेकपा एकता गर्दा बिचार जज बनाउने सहमति भएको र यसैमा अगाडि बढ्न अनुरोध गरे ।कालो कोठाभित्र गरिएको सम्झौता हानिकारक हुन्छ त्यसैले आज कम्युनिष्ट पार्टीलाई हानी भएको हो अब यस्लाइ बचाउने जिम्मा तमाम युवा विद्यार्थीको बताय ।
‘प्रधानमन्त्रीले नै संघीयताप्रति अनिच्छुकजस्तो देखिन्छ । उहाँ प्रदेश सरकारहरूलाई संघीय सरकारलाई प्रशासनिक निकायजस्तो मान्नुहुन्छ,’ उनले भने, ‘उहाँले संघीय गणतान्त्रिक नेपाललाई नेपाल मात्र लेख्नु भन्ने निर्णय गराउनुभयो । यसलाई के भन्ने ? हिन्दू राज्य र राजसंस्था माग्दै भइरहेको प्रदर्शनमा कतै न कतै उहाँको पनि संलग्नता छ ।’
पार्टी एकतापछि अरू शीर्ष नेताले पटक–पटक त्याग गरेको र अब प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने वेला आएको बताए । ‘एकताको मर्म र सहमतिअनुसार उहाँ चल्नुभएन । प्रचण्डलाई अस्थिरताको आरोप लगाउनुहुन्छ । तर, प्रचण्डको अस्थिरताको फाइदा उहाँले जति कसैले लिएको छैन,’ उनले भने, ‘यसबीचमा अरू नेताले धेरै त्याग गर्नुभयो । अब पालो प्रधानमन्त्रीको हो ।’
कार्यक्रममा सह-सम्योजक तामाङले बिधि ,बिधान मिचेर अगाडि बढेकोमा सम्योजक एन महरलाइ चुनौती दियका थिए ,केन्द्रिय कमिटीमा बहुमत पुर्याउन ठाडो चुनौती दिएका हुन । विद्यार्थीको सङ्ठन भनेको चाकडि, गर्ने संङ्ठन होइन यो भनेको इतिहासलाई रक्षा गर्दै लाखौं विद्यार्थीको आवज बुलन्द गर्ने सङ्ठन भएको बताय ।तामाङले बिधि ,बिधान नमान्नेलाइ कार्वाही गरिने बताय बिधि ,बिधानमा हिड्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरेका हुन ।
कार्यक्रममा विद्यार्थीनेता ओसिम आलम ,सुदेस पराजुलीले समेत आफ्नो भनाइ राखेका थिए ।
भेलामा प्रदेश १ का १४ जिल्लाका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको विद्यार्थी नेता खगेन्द्र सुबेदिले जानकारी दिए । भेलामा पार्टी केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, महेश रेग्मी, भास्कर काफ्ले, झलकसिंह दर्लामीसहित अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको सहभागिता रहेको थियो ।


