NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा फुट नजिक बेलकामा को कुन गुट्मा

1 Mins read

आवर बेलका/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रमा बिबाद सगै प्रदेश ,जिल्ला ,स्थानीय तह लगायत जनबर्गिय सङ्ठनमा गुटको रङ देखा पर्न थालेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र बिच एकता भयर बनेको पार्टी हाल फुट्ने अवस्थामा पुगेको छ । माथी सचिबालयमा देखि केन्द्रिय समिति सम्म गुट देखिएको र स्थानीय तहसम्म फैलिएको हुदा नेकपालाई सच्चिन धेरै लामो समय लाग्न सक्छ ।
उदयपुरको बेलका नगरपालिकामा माथी केन्द्रमा जस्तै गुटको रंग देखापर्न थालेको छ ।
पार्टी फुटिहाले कुन सचिबालय सदस्य कता भन्ने हाल बजार तथा चिया गफ हुन थालेको छ ।
तत्कालीन माओवादी बाट बेलका नगरपालिकाको अध्यक्ष मनोज तामाङ छन भने एमाले बाट सचिवमा गणेश बस्नेत छ्न ।एमाले बाट १४ र माओवादी बाट १३ गरि जम्मा २७ जनाको सचिबालय छ भने कार्यलय टिम बन्न बाकी छ कार्यलय टिम माओवादी बाट २ र एमाले बाट ३ गरिएको छ। एमाले बाट सचीव सहित २ जनामा पुस्प सुवेदी र सुरेन्द्र राई को नाम पक्कापक्की जस्तै छ भने हाल उपमेयर रहेकी राजकुमारि चौधरीले समेत कार्यलय टिममा दावा गरेकि छिन । माओवादीबाट १ जनामा छलफल हुन बाकी रहेको छ ।त्यसैगरी सचिबालयमा २७ जनामा केन्द्रमा जस्तै मिश्रित छ्न ।
बेलकामा ३ गुट प्रष्ट छ्न प्रचण्ड ,नेपाल र ओलि
तत्कालीन माओवादीबाट सचिबालयमा गएका १३ जनानै प्रचण्डगुट छ्न ती हुन , मनोज तामाङ ,ललित राई ,भरत घिमिरे ,रामकुमार कम्मर ,जयकुमार राई ,राम कार्की, गोपाल राई ,पर्सुराम कठेत ,कृष्ण भट्टराई ,तिर्थ पराजुली ,
दिपक रेग्मी ,सरिता बिक ,लेखबहादुर परियार हुन ।
तत्कालीन एमालेमा २ गुट छ्न त्यस्मा ओलि गुटमा
गणेश बस्नेत ,सुरेन्द्र बस्नेत ,बालजित राई, वसन्त मगर ,कुमारी तामाङ ,नुनिराम राई
तत्कालीन एमाले नेपाल गुटमा
ढक बहादुर बिष्ट ,राजकुमारी चौधरी ,मिना आचर्य ,गोबिन्द खड्का
पार्टी फुट्को अवस्थामा पुगेको खण्डमा यी सचिबालय सदस्यहरु तट्सथ बस्ने सम्भावना धेरै हुँदैआएको छ
पुस्प सुवेदी,हिराजङ राई ,सुरेन्द्र राई ,सम्झना न्यौपाने
हाल ओलि गुट्का लाइ नेपाल गुट ,र नेपाल गुट्कालाइ ओलि गुटमा लियाउनको लागि दौडधुप चलेको देखिन्छ ।
जिल्ला कार्यलयटिमका पर्मेस्वर घिमिरे र बिमल कार्किको प्रभाव देखिदै आएको छ ।
तत्कालीन एमालेबाट सचिबालय भयका १४ जनामा आ आफ्ना नजिक भनी ब्याख्या हुन थालेको छ ।
जिल्ला कमिटी सचिवालयमा बेलकाबाट दुर्गा कुमार थापा ,रमण भट्टराई ,राकेश किराँती ,धनपती आचर्यको समेत बेलका पार्टी पङ्तिमा छाया ,प्रभाव ,हस्तक्षेप देखिदै आएको छ । दुर्गाकुमार थापा ओलि गुट्का हुन भने भट्टराई र किराँती प्रचण्डगुटका हुन आचर्य नेपाल गुटका हुन ।
माओवादीमा प्रचण्डको मात्र गुट भएकोले हिसाब् किताब नभयएको तर एमालेमा प्रष्ट २ गुट भएको हुदा हिसाब् किताब भएको बताउछ्न राजनीतिक बिस्लेषक सुमन कट्वाल ,।
तत्कालीन एमाले उदयपुरको जिल्ला सम्मेलनमा ओलि गुटबाट निर्वाचनमा होमिदा दुर्गा कुमार थापा र बिमल कार्की एकैगुट बाट चुनाव लडेका हुन र आज दुबैको स्थानीय स्तरमा आ आफ्ना गुट बनाएका छन।
ब्यक्तीगत हिसाबमा सचिबालय सदस्यमा सुरेन्द्र राई,गोबिन्द खड्का ,कार्कि नजिक छ्न भने यधपी राई र खड्का हाल वार्डअध्यक्ष छन । वार्ड न -६ का अध्यक्ष वसन्त मगर घरी थापा घरी कार्की नजिक देखिदै आएको प्रष्ट देख्न सकिन्छ ।
सिङ्गो नगरकमिटिमा पनि प्रचण्ड – नेपालगुट ७०% भन्दा माथी रहेको छ्न भने ओलि गुट ३०% मा रहेको छ
यस्ले स्थानीय सरकार संचालनमा समेत प्रष्ट रूपमा असर पर्ने देखिएको छ , ९ वटा वार्ड भएको बेलका नगरपालिका १/२ वार्ड कांग्रेसले जितेको छ भने वार्ड न ८ तत्कालीन माओवादीले जितेको हो बाकी ६ वार्ड पुर्व एमाले ले जितेको हो ।वार्ड न ४/९ वार्ड अध्यक्ष माकुने गुट्का हुन ५/७ वार्ड अध्यक्ष जिल्ला नेता तथा प्रदेश सदस्य बिमल कार्की निकट छ्न ,बिमल कार्कीले तत्कालीन प्रदेश सभामा ओलिगुटका कुसलबाबू बस्नेतको टिकट खोसेर प्रदेश सभा जितेका हुन हाल यिनि कुन गुटका हुन भन्न गाह्रो भयपनि जिल्लामा माकुने गुट प्रदेशमा ओलिगुट तिर लागेको वताउछ्न । जिल्लामा ओलिगुटका नेता दुर्गा थापा,भागवत राउत,कालू लामा,कुशलबाबू बस्नेत लगायतले यिनिलाइ देखिसहदैन्न भने प्रदेशमा ओलिगुटका मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्की सग राम्रो सम्बन्ध बनाएको जानकार बताउछन ।
केन्द्रमा प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका ओलिले संसद विघटन गरिसकेपछि राजनीति माहोल तातेको छ पक्ष र विपक्षमा देशको विभिन्नठाउमा नारा जुलुस सुरु भएको छ ।पौष -७ गते मंगलबार केन्द्रिय कमिटीको बैठक दुबै पक्षले आवहन गरेका छ्न ,दुबै पक्षले एकअर्कालाइ कार्वाही गर्ने मनस्थिति बनाउने तयारी गरिएको एक केन्द्रिय सदस्यले बताए । यद्यपि प्रचण्ड ,नेपाल टिम ४४३ जना केन्द्रिय सदस्यमा २९७ जना सहित बहुमतमा छ ।
नेपाली कांग्रेसको कार्यलय सानेपामा कांग्रेस ,समाजबादी नेकपा(प्रचण्ड -नेपाल ) टिम बसेर असंबैधानिक कु का विरुद्ध आन्दोलन गर्ने तयारी गरिएको छ ।
त्यसैगरी नेकपा बेलका का नेता तथा मेयर दुर्गा थापाले देश गृहयुद्धमा होमिन्छ कि भन्ने आसन्का व्यक्त गरेका छ्न । नेकपा अध्यक्ष मनोज तामाङले केपि ओलिको कदम विरुद्ध सामाजिक संजालमा तातो रगत उम्लिएको बताय । अर्का नेकपा जिल्ला नेता रमण भट्टराईले असंबैधानिक कदमको चिन्ता व्यक्त गरेको छ्न ,हाल नेकपा सचीव गणेश बस्नेतले अख्तियार प्रमुख प्रेम राइलाइ बधाई दिदै भस्ट्चारिलाइ उचित सजायको माग गर्दै बधाई ब्यक्त गरेको छ्न ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.