NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा उदयपुरगडि गाउपालिकाको बृहत कार्यकर्ता भेला सम्पन

1 Mins read

आवर बेलका/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई कित्तामा बाँडिएको सत्तारुढ नेकपा फुटको असर प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ। यति बेला एकातिर प्रचण्ड–माधव समूह र अर्कातिर केपी शर्मा ओली समूह दुवै समूहले आफू आधिकारिक नेकपा भएको दावी गरिरहेका छन्।

पार्टी एक हुँदा नेकपामा उदयपुरबाट चारजना केन्द्रीय सदस्य सुरेश राई, जगनाथ खतिवडा, बलदेव चौधरी र मञ्जु चौधरी रहेका थिए। मञ्जुबाहेक तीनैजना प्रचण्ड–माधव समूह मै छन्। राई प्रदेश १ कमिटी सचिव हुन् भने बलदेव जिल्ला इन्चार्ज हुन्। जिल्ला अध्यक्ष र सचिवसहित  १५७ जना जिल्ला सदस्यमध्ये ११३ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।

उदयपुरका आठवटा स्थानीय तहमध्ये  सात स्थानीय तहमा नेकपाको सरकार छन्। जसमध्ये प्रचण्ड–नेपाल समूहमा चारवटा स्थानीय सरकार प्रमुख खुलेको र ओली समुहमा दुईवटा स्थानीय सरकार प्रमुख लागेका छन्। रौतामाई गाउँपालिकाका अध्यक्ष नखुले पनि प्रचण्ड–माधव समूहमै रहेको नेकपाका जिल्लाका सचिव ईश्वरमणि राउत बताउँछन्। 

प्रचण्ड–नेपाल समूहमा त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा रहेको छन्। ओली समूहमा बेलका नगरपालिका नगरपालिका प्रमुख दुर्गा थापा र कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ रहेका छन्।
त्यसैगरी प्रचण्ड-माधब टिमले उदयपुरगडि गाउपालिकामा अगुवा कार्यकर्ता भेला गरेको हो सनिवार नेकपामा केन्द्रिय सदस्य जग्गनाथ खतिवडा ,प्रदेश सदस्य नारायण बुर्जा,मोहन खत्री ,अम्बर रायमाझी ,भेषकुमारी राउत, काजिमान तामाङ ,जिल्ला अध्यक्ष बिनोद कट्वाल “दिवस” सचिव इस्वरमणि राउत ,देब गिरि,बोधकुमार घिमिरे ,सोम बस्नेत ,गाउपालिका अध्यक्ष मानबहादुर मगर ,उपाध्यक्ष लगायत जिल्ला स्तरीय १७० भन्दा धेरै नेता,कार्यकर्ता उपस्थित रहेको हुन ।
जहाँ पछिल्लो राजनीति घटनाको बारेमा र कम्युनिष्ट पार्टी एकतामा केपि ओलि प्रतिगमन तिर लागेको हुदा, ओलिलाइ पार्टीबाट हटाएको र कम्युनिष्ट पार्टीलाई बचाउन र अगाडि बढाउन जनतामाझ फेरि आएको उपस्थित नेताले बताय।उदयपुरगडिमा ओलिटिमको प्रभाव न्यून रहेको छ । कार्यक्रममा केन्द्रिय सदस्य खतिवडा ,जिल्ला अध्यक्ष कट्वाल,सचीव राउत प्रदेश माननीय नारायण बुर्जाले आफ्नो महत्त्वपूर्ण आफ्ना भनाइ राखेका हुन ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *