केदार कट्वाल / उदयपुर – १७ पौष , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बिभाजनको असर र प्रभाब उदयपुरको वाडा स्तर सम्मै परेको छ । दुई पार्टी एकीकत ताकाका अध्यक्ष र सचिब नेपाल – दाहाल पक्षमा देखिएका छन ।
अोली पक्ष ले तत्कालीन सचिब परमेश्वर घिमिरेलाई अध्यक्ष र संचारकर्मि पृष्ठभूमिका कुसलबाबु बस्नेतलाइ सचिबको जिम्मेवारी दिएको छ ।
उदयपुरका आठै स्थानिय तहका ७५ वटा वाडामा बिभाजनको रेखा कोरिएको छ । स्थानिय निर्वाचनमा सात तहमा नेकपाको बहुमत रहेको छ ।
बेलका र कटारी नगरपालिकामा बहुमत सदस्य सहित प्रमुख ओली समुहमा छन । सदरमुकाममा रहेको त्रियुगा नगरपालिकाका बहुमत सदस्य सहित प्रमुख भने माधव – प्रचण्ड समुहमा छन ।
४ वटा गाउपालिका मध्ये लिम्चुबुङ ( सुनकोसी ) गाउपालिका का अध्यक्ष नेकपा नेपाल – दाहालमा देखिए । ताप्लि , उदयपुर गढी र रौतामाई गाउपालिकाका अध्यक्ष उपाध्यक्ष र सदस्य सुर्य चुनाब चिन्हको पर्ख र हेरमा छन । तर एक केन्द्रीय सदस्यले भने उहाहरु नेपाल – दाहाल समुहमै रहेको दाबि गरे ।
दुई संघिय निर्वाचन क्षेत्र र ४ प्रदेस क्षेत्र रहेको उदयपुरमा एक संघीय सभासद् समानुपातिक सहित ५ प्रदेस सभासद रहेका छन ।
क्षेत्र नं २ का संघिय सभासद् र अर्का एक प्रदेस सभासद् नेपाल – प्रचण्ड खेमामा रहेका छन । बाकि ३ प्रदेस सभासद् ओली पक्षका हुन ।
नेपाल कम्युनिष्ट पार्टी ओली ले ७ जना केन्द्रीय सदस्य नियुक्त गरे पनि पाका , खारिएका देखि युबाहरु केकपा नेपाल – दाहाल समुहमै रहेकाा छन । तत्कालीन दुई पार्टीको एकीकत पछिको जिल्ला कमिटिमा दुई तिहाइ सदस्य नेपाल – दाहाल समुहमा रहेको नेकपा केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेब चौधरीले बताए ।
उदयपुरमा पुर्ब नेकपा एमालेका बहुसंख्यक नेता कार्य कर्ता भातृ तथा शुभेच्छुक संस्था र पुर्ब मओबादी प्राय ९९ प्रतिसत नेता कार्य कर्ता शुभेच्छुक नेपाल-दाहाल पक्षमा रहेका छन । राजनिति र बौद्धिक बृतमा ओली को कदम संबैधानिक असंवैधानिक भन्ने बिषयले चर्चा पाएको छ ।खुलेरै अोलीको कदमअसंबैधानिक भएको अभिब्यक्ति दिएका छन । संबिधानले प्रतिनिधि सभामा सरकार गठन गर्ने बिकल्प रहुन्ज्याल बिगठन हुन नसक्ने र सदन ब्युतिने ठोकुवा अधिबक्ता समेत रहेका मेयर चौधरीले बताए ।


