NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अब राष्ट्रीय सरकार बन्ने र ओलीको ताण्डप अन्त्य हुने: संसद राई

1 Mins read

आवर बेलका पुस २१/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समुहको भेला बेलका नगरपालिकाको सेवाकेन्द्र स्थित आदिवासी जनजाति भवनमा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई समुहमा विभाजित पार्टी मध्येको सो समुहले मंगलबार नगर स्तरीय भेलाको आयोजना गरेको हो ।
पार्टी विभाजन पश्चात आ–आफ्नै समुहका कार्यकर्ता भेला गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
भेलाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल) ले अब चाडै राष्ट्रीय सरकार गठन हुने र केपी ओलीको सबै क्षेत्रबाट अन्त्य हुने बताएका छन्।नेता राईले प्रधानमन्त्री ओलीलाई बिश्वकै महासचिव बनाए पनि विश्व ध्वस्त बनाउने प्रवृतिको भएको बताए ।त्यसैगरी विशेष अतिथि केन्द्रीय सदस्य
तथा पुर्व सांसद जगनाथ खतिवडाले नेकपा पार्टी हज्जारौ लाखौ कार्यकर्ताको बलिदान र परिश्रममा निर्मित पार्टी भएकोले एकलौटी ढंगले चलाउन नमिल्ने बताउदै निति बिचार र सिद्धान्तले पार्टी बन्ने हो,व्यक्तिले होईन ।खतिवडाले कसैले पनि कसैको देवत्वकरण गर्न नहुने बताए।ओलीले
सुझाव आलोचना सहनै नसक्ने , भन्दै ओली
बैरी करेट सर्प भएको समेत खतिवडाले भेलामा बताए ।
केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज बलदेव चौधरी, प्रदेश समिति सदस्य राजन किराती ‘वासु’, जिल्ला
समितिका अध्यक्ष विनोद कटुवाल, सचिव ईश्वरमणि राउत लगायतले संघीय लोकतन्त्र गणतन्त्रको रक्षार्थ र धर्म निरपेक्ष, समानुपातिक
समावेशी निति लगायत आम नागरिकहरुको अधिकारहरुलाई स्थापित र संस्थागत गर्नको लागि पनि विचल्लित नभई निरन्तर पार्टीको
अग्रगामी विचारमा अडिक रहन वक्ताहरुले सुझाएका छन् । नागरिकको अधिकारहरुमा पुनः खतराको संकेत देखिएकोले सचेत रहन र सरकारकाे असंवैधानिक कदम,प्रतिगमन विरूद्ब एक हुन पनि वक्ताहरूले आग्रह गरिएका छन्।
जिल्ला सदस्य रमन भट्टराईले पार्टीको व्यानर र सुर्य चिन्हमा चुनाव जितेर ओली गुटमा लाग्ने जनप्रतिनिधीलाई पार्टीले कार्यावाही गरेर पद नै खोसिन सक्ने बताए।
जिल्ला समन्वय समिती उदयपुरका उपाध्यक्ष गंगा राईले केपी गुटले आश्वासन बाड्न थालेको र भ्रम फैलाउन थालेकोले कार्यकर्ताले भ्रम चिर्न थाल्नु पर्ने बताए ।
संविधान सभा सदस्य दुर्गा परियारले संविधान मिचेर ओलीले मुल कानुनको उल्लंघन गरेको बताए।

वेलका नगर समितिका अध्यक्ष मनोज तामाङले लोभ , लालच डर धाक धम्कीमा परि बाटो बिराएका स्थानिय नेता तथा कार्यकर्तालाई मुल घरमा फर्कन आग्रह गरे , कार्यक्रम तामाड०को अध्यक्षतामा भएको थियो ।कार्यक्रम नगर सचिवालय सदस्य हिराजड० राईले संचालन गरेका थिए भने वडा नं ६ का वडा सदस्य नारायण राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *