नेपाली कांग्रेस चौदन्डी नगरपालिका वार्ड न – १ को आयोजनामा भएको नेता तथा कार्यकर्ता भेट्घाट कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा माननीय डा:नारायण खड्का , विशेष अतिथी पुर्ब जिल्ला सभापति तथा प्रदेश माननीय हिमाल कार्की , नगर प्रमुख खगेन्द्र राई , लगाएत अन्य अतिथि , विभिन्न भातृसंघ प्रतिनिधि हरुका बिच वडा न.१ मा ७० घरपरिवार नेकपा परित्याग गरि प्रबेश गरेको हुन ।

उक्त कार्यक्रममा प्रबेश गरेका प्राय सबैले बर्तमान नेकपाको गलत कदमको बिरोध गर्दै आफू गलत बाटो रहेको ले आज नेपाली कांग्रेसमा प्रबेश गरेको बताए ।
केन्द्रिय सदस्य खड्काले कांग्रेस चुनावमा जान तयार रहेको बताय ।
आफ्नो निर्वाचन क्षेत्र बेलकाको मैनामैनी देखि चौदन्डी ,त्रियुगा सम्म जनता माझ जाँदै जनताको कुरा सुन्दै गरिरहेको छ्न। 
बेलका नगरपालिका वार्ड न ८ र ७ जोडने कोसोपा खोलाको पुलको लागि केन्द्रिय बजेट समेत पारेर सडक डिभिजनका प्रमुख समेत लियाएर स्थलगत अनुगमन गरिसकेको छ्न । मैनामैनिमा समेत नेकपा परित्याग गरि ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको बताय युवा नेता बिकास खत्रीले । त्यसैगरी बेलका-१/२ मा नेकपा परित्याग गरि कांग्रेसमा सयौंको संख्यामा नेता ,कार्यकर्ता कांग्रेस पार्टी प्रवेश गरेको हुन। नेकपामा देखिएको फुटको असरले गर्दा कांग्रेस प्रवेश गरेको बताय एक ब्यक्तीले ।बाटो,बिध्यालय,गुम्बा लगायत स्थलगत भौतिक निर्माणको उद्घाटन गर्दै खडकाले आफ्नो निर्वाचन क्षेत्र्मा धेरै बिकास भएको र बिकास गर्ने प्रतिबद्धता जनाए।


