NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा लघुबित्तको घिनलाग्दो धन्दा ,सर्बसाधरण मारमा

1 Mins read

आवर बेलका/ बेलका नगरपालिकामा केन्द्रीत रहेर बैक तथा बित्तीय संस्थाहरुले सञ्चालन गरेका लघुवित्तको सकसमा सर्वसाधारण नागरिक पर्न थालेका छन् ।
बेलका नगरपालिकाको गाउँगाउँमा पुगेर समूह गठन गर्दै समूहको जमानतमा विना धितो दलित, जनजाति र अन्य विपन्न वर्गका महिलाहरुलाई ऋण दिने लघुवित्त वित्तीय संस्थाहरुले ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार रुपैयाँ सुरुमै लिने गर्छन् भने पछि चर्को ब्याज असुल्ने गरेका छन् ।
ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशत सम्मको  ब्याजले विपन्न महिलाहरुको ढाड  सेक्ने गरेको पाइएको हो । सहज रुपमा बैक तथा बित्तीय संस्थाहरुले प्रबाह गर्दै आएको लघुबित्तको चर्को ब्याजका कारण नियमित तिर्नूपर्ने किस्ता समयमै बुझाउन सकस भएपछि कतिपय ऋणीहरु तनाबमा परेका छन् ।

घरखर्च चलाउन लघुबित्तमार्फत ऋण लिएका उदयपुर बेलकाका महिलाहरु यतिखेर ऋण तिर्न नसक्दा समस्यामा परेका छन् ।लघुवित्तका कर्मचारी आउने थाहा पाए पछि समुहमा वसेका ऋण सदस्यहरु घरको ढोका थुनेर भाग्न थालेको महिनौ भइसकेको छ।

बेलका नगरपालिकाका महिलाहरुले आफुले लिएको कर्जाको किस्ता धान्न नसकेर कोहि माइत गएका छन भने कोहि वैदेशिक रोजगार गएको पाइएको छ कोहिले आत्महत्या समेत गरेको पाइएको छ ।

सामाजिक, आर्थिक ,शैक्षिक रुपान्तरण गर्दै विपन्न महिलालाइ नेतृत्व विकास गराउने र सरकारको गरिवी निवारण कार्यक्रमलाइ सहयोग पु¥याउने उद्धेस्यले नेपालमा लघुकर्जा कार्यक्रमको शुरुवात भएको ३ दशक भन्दा वढि भइसकेको छ ।

यि तिन दशकमा सरकारी तथा निजी स्तरवाट करिव ८० भन्दा वढि संघ संस्था र वैंकहरुले देशभर लघुकर्जा कार्यक्रम सञ्चालन गरिरहेका छन । उनीहरले लघुकर्जा मार्फत खरवौंको लगानी गरिरहेका छन् ।

लघुकर्जा कार्यक्रम यतिवेला शहर संगै ग्रामीण क्षेत्रमा समेत केन्द्रित छ । मुख्यगरी समुहमा विनाधितो कर्जा लगानीले महिलालाइ लघुकर्जा कर्जा कार्यक्रम प्रति आकर्षित त गरेको छ नै संगसगै यो कार्यक्रमले विकृति पनि निम्त्याएको छ ।

सजिलै समुहमा आवद्ध भएपछि विनाधितो कर्जा पाइने र घर दैलोवाटै तिर्न पनि सजिलो त भएको छ तर एकै प्रकृतिका संस्थाहरु एकै ठाउंमा पैठेजोरि खेल्दै लगानीका लागी तंछाडमछाड गर्दा महिलाहरुमा आर्थिक अनुशासनको अवस्था खस्किएको छ । त्यो मात्र होइन लघुकर्जा कार्यक्रमको सेवा पनि अप्पठ्यारोमा परेका छ ।

ग्रामीण क्षेत्रमा लघुकर्जा कार्यक्रमले आर्थिक कारोवारको पहुंच पुर्यएको छ । कार्यक्रम सञ्चालनले नेतृत्व विकास पनि राम्रै संग गराएको छ। तर, धेरै लघुवित्त संस्थाहरुले एउटै क्षेत्रमा सहजरुपमा एकै प्रकारका कर्जा प्रबाह गरेपछि धेरै सस्थाबाट पैसा लिने तर कुनै व्यवसाय नगरी दुरुपयोग गरेर किस्तानै तिर्न नसकेर महिलाहरु गाउं घरवाट विस्थापित हुने गरेका छन् ।

पछिल्लो पटक सोझा सिधा महिलाहरुलाइ समुहमा सामेल गराउने र सवैको कर्जा एउटैले चलाउने गरेका दर्जनौ घटना पनि सार्वजनिक भएका छन ।जसको कारणले पछिल्लो चरणमा लघुवित्त सञ्चालन गर्ने संस्थाहरुको निष्कृय कर्जाको दर पनि अत्यधिक रुपमा वढेको पाइएको छ ।

लघुकर्जामा देखिएको आर्थिक अनुशासनमा कमिको कारण एकतिर समुहमा आवद्ध महिलाहरु अप्ठ्यारोमा छन भने अर्को तिर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संंस्थाको पनि वेहाल हुन थालेको छ ।

धेरै लघुवित्तको उपस्थीति र लघुकर्जामा विकृति आउन थाले पछि लघुकर्जा कार्यक्रममा जोडिएका महिलाहरुले नै लघुकर्जा कार्यक्रम प्रति बिचलन आउन थालेको वताएका छन । बेलका नगरपालिका वडा न ३ की नाम नखुलाउने सर्तमा मगर थरकी एक महिला लघुकर्जाको ऋणले चुर्लुम्म डुवेकी छन ।

उनको दर्जनौ लघुवित्तमा गरि करिव सात लाख ऋण छ ।सजिलो कर्जा भनेर पहिले उनले एउटा लघुवित्त संस्थावाट कर्जा लिइन तर उनको वस्तीमा विस्तारै दर्जनौ यस्ता संस्थाका कर्मचारी आएर पहिले वनाएको लघुवित्तका रेडिमेड समुहमा लगानी गर्न थाले ।

‘शुरुमा एउटामा वसियो कर्जा पनि लिइयो तर पछि आउनेले सेवासुविधाको लोभदेखाए। पेन्सन हुन्छ भनेर फकाएर जर्ववस्ती ऋण दिएपछि यो समस्या आयो’ उनले भनीन् । ‘कर्मचारीहरुले कुन ब्यवसायमा लगानी गर्नु हुन्छ ?भनेर पनि सोधेन् ।’

उनले धेरै संस्थावाट कर्जा लिने र किस्ता तिर्ने वेलामा लुक्नुपर्ने अवस्था गाउंघरका महिला दिदिबहिनीहरुमा रहेको वताइन ।
हिजोआज संघसस्थाका कर्मचारीहरुले दैनिक जसो घरमा आएर दवाब दिने गरेको उनले बताइन् ।‘कर्मचारी घरमा आएर तथानाम बोल्दछन् । पुलिस लगाउने धम्की दिन्छन् ।भैंसी वाख्रा लान्छौं भन्छन्’ उनले भनीन्। ‘उनीहरुको धम्किले विछिप्त मात्र होइन मानसिक रोगी समेत बनायो।’

मगर जस्तै दर्जनौ महिलाहरुको समस्या एउटै हो ।लघुकर्जाका कर्मचारीले थाल खाउंकी भात खाउंको अवस्था वनाएपछि एकएक गरेर गाउं छाड्नुको विकल्प देखेका छैनन यहांका महिलाले । धेरै संस्थबाट कर्जा लिंदा सामाजिक रुपमा पनि अवहेलना हुने त्यसको असरले पारिवारिक अवस्थामा समेत दरार आएपछि गाउँ नै छोडेर भाग्ने अवस्थामा महिलाहरु पुगेका हुन ।

सोमबारे देखि रामपुर बजार ,लालबजार,आम्बासि सम्म दर्जनौ लघुवित्त संस्थाहरु रहेका छन करिव एक अरव भन्दा वढिको लागानी यो क्षेत्रमा रहेको पाइएको छ ।

समस्या कहां छ त?
लघुवित्त सस्थाहरुको अस्वस्थ प्रतिष्पर्धाले नै समुदायमा समस्या निम्त्याएको छ ।बंगलादेशका अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुशले शुरु गरेको ग्रामीण वैंक पद्धतिको लघुकर्जा यतिवेला नेपालमा पुर्णरुपले असफल छ ।

उनले गरिबि निवारणको अचुक अस्त्रको रुपमा व्याख्या गरेको मोडलले नेपालमा गरिबी निवारण होइन महिलालाइ गरिबीको आवरण ओढाएका सयौं प्रमाण छन । उनले भनेका थिए ‘अनुशासन विनाको कर्जा दान हो निश्चय पनि अहिले नेपालमा यस्तै भएको छ ।’

लघुकर्जा कार्यक्रम सञ्चालन गर्ने संस्थाले मनपरि रुपमा ग्रामीण क्षेत्रमा लगानी गनू ,एउटै ब्यक्तीलाई दर्जनौ लघुवित्त संस्थाले विना परियोजना लगानी गर्नू मुख्य समस्याका रुपमा देखिएको छ ।

संघसंस्थाले लघुकर्जाको किस्ता तिराउन ताकेता गरेपछि गाउंघरमा मिटर व्याजको व्यपार चलेको स्थानीय बताउँ छन। दैनिक ३० देखि ४० प्रतिशत सम्म व्याजमा किस्ता तिर्न रकम लगानी गर्ने गरेको स्थानीयको गुनाशो छ।

लघुकर्जाको अनियन्त्रीत लगानीले ग्रामीण क्षेत्र महिलाहरुको जीवनस्तरमा देखावटी सान वढेको,विलासिता मौलाएको ,खानपान रहनसहनमा परिवर्तन भएको ,निवेक मजदुरीको सट्टा महंगा मोवाइल ,नाक कान भरी सुन लगायतका तडकभडकको दिनचर्या गर्नाले कर्जाको दुरुपयोग गर्नेको संख्यात्मक बृद्धी भएको बेलका जनता क्याम्पसका क्याम्पस प्रमुख सुमन कट्वाल बताउँ छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *