सुमन सागर/ बेलका
बेलका नगरपालिकामा आँखा अनमोल मोति, सुरक्षीत नेत्र ज्योती” भन्ने मुल नाराका साथ १३ गते बाट सन्चालन भएको आँखा शिविरमा ७ सय २६ जनाले ओ पि डि सेवा लिएका छन। चेकजाँच , चस्मा , औषधि , सल्यक्रियाको सेवा निशुल्क प्रदान गरेको शिविरको आयोजना बेलका नगरपालिका आँखा अस्पताल र मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा ५ दिन सम्म सन्चालन भएको शिविरको १७ गते सनिवार सम्पन्न भएको छ ।
९९ महिला र ९६ पुरुषको सफल सल्यक्रिया भएको थियो जसमा १ सय ८ जना जेष्ठ नागरिक २ जना अपांगता भएका ब्याक्तिको सल्यक्रिया भएको हो। सिविरमा चेक जांचका आधारमा आवस्यक पर्ने १ सय ९५ जनालाई निशुल्क चस्मा बितरण गरिएको छ।

बेलका नगरका सबै नागरिकको आँखा सुरक्षित राख्ने अभियान सन्चालन गरेका छौ, प्रत्यक वडा वडामा, बिधालयमा शिविर सन्चालन गरि सेवा दिदै आएका छौं, सिविर बाट सल्यक्रिया गर्नुपर्ने केश आएमा हामी लिस्टिङ्ग गर्छौ र बर्षको एक दिन सिविर सन्चालन गरि निशुल्क सल्यक्रिया गर्छौ जटिल केश आएमा नगरपालिकाको सिफारिसमा मेची आँखा अस्पतालमा निशुल्क उपचार गर्ने प्रबन्ध रहेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए।
शिविरमा सेवा लिन सबैलाई सम्मान गर्दै मेयर थापाले हरेक बर्ष बेलकामा शिविर सन्चालन गरि प्रत्येक ब्याक्तिको आँखा निरोगी राख्न बेलका नगर सधै लागि पर्ने बताएका छन।

स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्दै आएको नगरपालिकाले आंखाका बिरामीलाई सधै सेवा प्रदान गर्न आँखा अस्पताको स्थापना गरि सन्चालनमा रहेको बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले बताइन् । शिविरको शुरूवात देखि समापन सम्म सहयोग गर्ने मेची आँखा अस्पतालको टिमलाई उप प्रमुख चौधरीले बधाई दिदै आगामी दिनमा समेत सहकार्य गरि अगाडि बढ्ने बताएकी छिन।

शिविरमा सहयोग गर्ने मेची आँखा अस्पतालको टिमलाई मायाको चिनो स्वरुप प्रमाणपत्र बेलका नगर प्रमुख र उप प्रमुखले संयुक्त रुपमा प्रदान गरेका छन।


