NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा १ सय १४ जनाले लगाय पहिलो चरणको कोरोना भ्याक्सिन

1 Mins read

एकताखबर
उदयपुरको बेलका नगरपालिकामा आइतबार कोरोना भाइरस बिरुद्धको पहिलो चरणको खोप १ सय १४जनालाई लगाइएको छ।
स्वास्थ्य कार्यालय रामपुरमा बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिएको हो। जसमा महिला स्वयंसेविका ४४ जना, स्वास्थ्यकर्मी ६० जना, एम्बुलेन्स चालक ३ जना, सफाइकर्मी ६ जना र सब वाहान चालक १ जनालाई पहिलो चरणको खोप लगाइएको छ।

स्वास्थ्य कार्यालय रामपुरका अनुसार पहिलो चरणमामा स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शब (वाहन) चालक, कोभिड १९ को कारण मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र सार्वजनिक फोहोर संकलन गर्ने सरसफाइकर्मीलाइ खोप लगाइने छ ।

पहिलो चरणमा १ सय १४ जनालाइ खोप लगाइएको छ र दोस्रो चरणको खोप ४ हप्ता पछि पुन लगाउने स्वास्थ्य कार्यालय रामपुरले जनाएको छ । प्रथम चरणको खोप सम्पन्न भएपछी १८ बर्ष उमेर पुरा भएका सवै नागरिकलाइ चरणवद्द रुपमा खोप लगाइने छ ।

पहिलो चरणमा जिल्ला भरी १२ सय जनालाइ खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *