NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच सम्झौता

1 Mins read

सुमन सागर / बेलका
बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, नगर अस्पतालका डा विशाल राई र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला बिच संयुक्त हस्ताक्षर गर्दै स्वास्थ बिमा कार्यक्रम सम्झौता गरिएको छ।

देशै भरी कार्यक्रम सन्चालन हुने क्रममा उदयपुरको बेलका नगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच मंगलबार औपचारिक रुपमा सम्झौता गरिएको हो।
उदयपुर जिल्लाको चौदन्डीगडि नगरपालिका र जिल्ला जन स्वास्थ्य कार्यालयले यश अघि नै सम्झौता गरिसकेका छन।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

हालसम्म ६६ जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा ३६ लाख बिमित संख्या रहेको छ । चैतको मसन्ता सम्म ७७ वटै जिल्लामा स्वास्थ्य बिमा लागू हुने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बताए।

हरेक नागरिकको स्वास्थ्य सुरक्षा गर्ने महत्वाकांक्षी कार्यक्रम हो, स्वास्थ्य बीमा। जुनसुकै बेला आइपर्ने स्वास्थ्य समस्या र यसको उपचारबाट कोही पनि नागरिक वञ्चित हुनुहुँदैन भन्ने ध्येयका साथ यो कार्यक्रम ल्याइएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताएका छन। सानो योगदान रकम संकलन गरी सबै नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज तरिकाले प्रदान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेकाले बेलका नगरपालिकाले प्रत्येक वडामा प्रतिनिधि छनोट गरि स्वास्थ्य बिमा कार्यक्रममा सम्पुर्ण बेलका बासिलाई आबद्द गराउने मेयर थापाले बताए ।

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भइसकेको छ । यस कार्यलाई थप ब्यबस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित हुनु स्वास्थ्य बीमा कार्यक्रमकोलागि एउटा महत्वपूर्ण खुट्किलो हो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *