आवर बेलका/ बेलका नगरपालिकाको ७ औ नगरसभाको अवसरमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको ६१ औ जिल्लाको रुपमा उदयपुरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको २ महिना पछि बेलका नगरपालिकामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बेलकामा स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ भएको हो ।
बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, नगर अस्पतालका डा विशाल राई र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला बिच संयुक्त हस्ताक्षर गर्दै स्वास्थ बिमा कार्यक्रम सम्झौता गरिएको हो ।
देशै भरी कार्यक्रम सन्चालन हुने क्रममा उदयपुरको बेलका नगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच मंगलबार औपचारिक रुपमा सम्झौता गरिएको हो।
नगरसभा हलमा आयोजित कार्यक्रममा प्रदेश सांसद बिमल कार्की,अम्बिका थापा, बेलका नगरपालिकाका नगरप्रमुख दुर्गा कुमार थापा ,उपप्रमुख राजकुमारि चौधरीबलगायत अन्य विभिन्न ब्यक्तीहरुको उपस्थितिमा बेलका का ९ र ३ का एक एक जना गरि २ जना लाई स्वास्थ्य बिमा कार्ड बितरण गर्दै कार्यक्रमको सुभारम्भ गरिएको हो ।
कार्यक्रममा सांसद थापाले संविधानको धारा ३५ मा व्यवस्था भए बमोजिम हरेक नागरिकको स्वास्थ्य सेवा लिन पाउने मौलिक अधिकारको बिमा दर्ता प्रक्रियाले कार्यान्वयन गर्ने बताईन् । उनका अनुसार चालु आर्थिकवर्ष प्रदेश नं १ सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कार्यक्रम अघि बढाईरहेको बताईन् ।
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई गरिव र बिपन्न नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिदै बेलकाले त्यस्तो कार्यको थालनी गर्ने प्रतिबद्धता जनाए । उनले गरिवी र बिपन्न बर्गले प्रिमियम तिर्न नसकेमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउँदै बेलकाले बिपन्न तथा गरिब नागरिकको प्रिमियम तिरीदिने संकेत गरे । उनले बेलका नगरबासीको आर्थिक स्तर मापन गरिसकिएको बताउँदै प्रिमियम तिर्न नसक्ने नगरबासीलाई नगरपालिकाबाट सहयोग गर्ने योजना सुनाए ।
प्रदेश माननीय बिमल कार्किले बिमा कार्यक्रम लागु भएपछि नगरबासीको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सहयोगको भार कम हुने बताए । उनले हरेक वर्ष बिपन्न नगरबासीलाई उपचार खर्चमा लाग्दै आएको आर्थिक सहयोगमा यसले कमी ल्याउने अपेक्षा गरिएको बताउँदै बिमा कार्यक्रमको सफलताको कामना गरे ।
प्रदेश नं १ का १४ मध्ये उदयपुर स्वास्थ्य बिमा कार्यक्रम लागु भएको १२ औ जिल्ला हो ।
स्वास्थ बिमा बोर्डका अनुसार ५ जना परिवारका लागि वार्षिक ३ हजार ५ सय प्रिमियर लाग्ने बिमाका लागि थप प्रतिव्यक्ति ७ सय अतिरिक्त शूल्क प्रिमियम लाग्नेछ । हरेक बिमितले १ लाख रुपैयाँसम्मको औषधि उपचारको सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट लिनसक्ने नियम छ । ५ वर्षअघि अर्थात ०७२ साल चैत २५ गते पहिलोपटक कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा ६१ औं जिल्लाको रुपमा उदयपुरमा लागू गरिएको बोर्डको भनाई छ ।
बेलका नगरपालिकाले स्वास्थ बिमा बेलकाबासी लाई गराउनको लागि स्वयंसेवक नियुक्ति गरि घर घरमा स्वयंसेवक गैरहेको छ्न । १-९ नम्बर वार्ड्मा द्रुतगतिमा काम अगाडि बढेको बताय निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले ।
बेलका नगरपालिका वार्ड न ३ र ९ मा स्वास्थ बिमा धमाधम भैरहेको सामाजिक परिचालिका ज्योती चौधरीले बताइन हाल बेलका -३ मा १२३ परिबारले गरिसकेको र ५ अपांग परिबारले गरिसकेको साथै ८५ जेष्ठ नागरिकले ,महिला स्वाथ स्वयंसेबिका १ जनाले ३२ जना घर परिबारले पैसा तिरेर गरेको छ्न त्यसैगरी वार्ड नम्बर
९ को १३० परिबार, अपांग ४ जना ,जेष्ठ नागरिक ६३ जना र ६३ जनाले पैसा तिरेर गरेको बताइन ९ नम्बर वार्डकी परिचालिका सरिता थापाले ।
स्वास्थ बिमा सबै बेलका बासिलाई गर्नको लागि नगरउपप्रमुख राजकुमारि चौधरीले आग्रह गरिन ।


