आवर बेलका/ बिरामी श्रीमान् लाई बचाउन बेलका नगरपालिका–२ की एक चौधरी जातकी महिलाले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा घर व्यबहार लथालिङ्ग भयो।
बेलकामा संचालित फर्वाड, जीवन बिकास ,समिट ,सिर्जना,ग्लोब आइएमी, महुली,समता, लगायत लघुवित्तबाट करिब पाँच लाख ऋण लिएकी थिइन् । तर, किस्ता तिर्न नसकेपछि लघुवित्तले निरन्तर ताकेता गर्न थाले । व्यक्तिसँग ऋण लिएर केही किस्ता पनि तिरिन् । तर, ऋणको बोझ घटेन ।
लघुवित्तका कर्मचारीबाट धम्की नै आउन थाले । तनाव थेग्न गार्हो भएको बताइन। ‘चौधरीले भनिन्, ‘ऋणको पासो छँदैछ ।’
लघुवित्तको ऋण तिर्न साहुको भर, कीर्ते तमसुक गरेर साहुले उठाई दिए घर
बेलका नगरपालिका वार्ड न ८ कि राई थरकी एक महिलाले बताइन लघुवित्त संस्थाको धम्कीले त्रसित छन् लघुवित्त बैंकबाट ऋण लिएकी थिइन् । ‘हिजो किस्ता लिन आएको थियो बताइन।
अहिले दिन नसक्ने भनेपछि सामानहरू घरबाहिर फालिदिय केही समय अगाडि बेलका ९ कि एक बिक जातकी महिला लाइ स्थानीय साहुले यस्तै गरेको सर्बबिबितै छ ‘यसअघि पनि लघुवित्तको किस्ता तिर्न साहुसँग ऋण लिएकी थिएँ, तर साहुले कीर्ते तमसुक बनाएर झन् समस्यामा पारिदिएका छन् ।’
व्यक्तिगत कर्जा र लघुवित्तको ऋणकै कारण समुदायमा महिलाहरूबीच पनि द्वन्द्व बढ्दै गएको छ । लघुवित्तले महिला समूह बनाएर ऋण लगाउने गरेको र असुलीमा पनि समूहकै महिला खटाउने गरेको उनले बताए । समूहबाट ऋण असुली नहुँदा लघुवित्त संस्थाका कर्मचारीहरू घरमै पुगेर गालीगलौज गर्ने मात्र होइन, घरमा तालाबन्दी गर्नेसम्मका घटना भएको छ ।
बुझाउनेगरी लिएको ऋण तिर्ने उपाय उनीसँग थिएन । तनावबीच उनी गाउँ छाडेर बेपत्ता भइन् । पैसा खाएर बेपत्ता भएको भनेर उनीमाथि लाञ्छना लाग्यो ।
पसल थाप्न उनले साना किसान बाट संस्था बाट ऋण लिएकी थिइन् । उनले सो रकम दुई किस्ता गरेर लिएकी थिइन् । पसलबाट कमाएको पैसाले उनले ब्याज र साँवा घटाइन् । तर, ऋण बढिरह्यो । अन्तिममा चार कट्ठा जग्गा बेचेर थप १२ हजार तिरेर ऋण चुक्ता गरिन् ।
तर, गरिबीले उनलाई फेरि लघुवित्तमै पु¥यायो । बेलकामा संचालित लघुवित्त बाट ऋण झिकिन् । तर अगाडि कै जस्तो उहीँ ठाउमा पुगिन शान्ती कैले पाइनन
सबैबाट गरी ११ लाख ऋण लिएकी उनले सके जति किस्ता तिर्दै आएकी छिन् । तर, लघुवित्तले उनलाई पासबुक दिएका छैनन् । त्यसैले कति पैसा तिरेको भन्ने नै उनलाई थाहा छैन । ‘वित्तीय संस्थाका कर्मचारी किड्नी बेचेर भए पनि तिर्नुपर्छ भनेर धम्क्याउँछन्,’ भगवतीले भनिन् ।
बेलका का २३ वर्षीय एक माझि परिवारलाई पनि वित्तीय संस्थाको ऋणले बिल्लीबाठ पारिदिएको छ । ऋणकै तनावले बाबु डेढ वर्षअघि परिवार छाडेर बेपत्ता भए । । वित्तीय संस्थाका कर्मचारीले ऋण तिर्न दबाब दिने गरेका छन् ।
उनलाई पनि ऋण कति छ थाहा छैन, किनभने वित्तीय संस्थाले पासबुक नै दिएका छैनन् । परिवारले चार कट्ठा जमिनसहित पक्की घर बेचेर ऋण तिरेको छ । ‘
बेलकामा संचालित लघुबित्तले १९% ब्याज लिएको खुलासा
गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ।
बैंकबाट दुई प्रतिशतसम्म सहुलियत ब्याजदरमा कोष ल्याउने लघुवित्तले विपन्नबाट २४ प्रतिशतसम्म ब्याज उठाउने गरेका पाएको छ ।
बंगलादेशी मोडल पछ्याउँदै नेपालमा ०४९ बाट लघुवित्त कार्यक्रम सुरु गरिएको थियो । गरिब तथा लघुउद्यमीलाई साहुकारको पञ्जाबाट मुक्त गर्न सुरुमा गैरसरकारी संस्था खडा गरी यो अभियान थालिएको थियो ।
ती संस्थालाई ०५६ बाट लघुवित्तमा परिणत गरियो, तर उनीहरूले गाउँगाउँमा नयाँ साहुकारको रूप लिएका छन् ।
लघुवित्तहरूले वाणिज्य बैंकबाट न्यूनतम दुई प्रतिशतसम्मको सहुलियत ब्याजदरमा पुँजी पाउने गरेका छन् । किनकि, बैंकहरूले कुल कर्जाको पाँच प्रतिशत ऋण विपन्न वर्गमा लगानी गर्नैपर्ने व्यवस्था छ ।
बैंकहरूले यस्तो लगानी लघुवित्तमार्फत पनि गर्न सक्ने व्यवस्था छ । लघुवित्तको कर्जा लगानीको सबैभन्दा ठूलो स्रोत नै बैंकबाट सहुलियत दरमा पाउने कोष हो । यस्तो रकम बैंकबाट न्यूनतम दुई प्रतिशत ब्याजमा लघुवित्तले पाउँछन्।
यसरी बैंक तथा वित्तीय संस्थाबाट लघुवित्तहरूले गत असारसम्ममा एक खर्ब २४ अर्ब रुपैयाँ यस्तो रकम पाएका छन् । त्यस्तै, लघुवित्तहरूले सदस्यहरूबाट ८५ करोड निक्षेप संकलन गरेका छन् । यसरी लघुवित्तले प्रवाह गर्ने कुल कर्जा दुई खर्ब ३५ अर्ब पुगेको छ।
तर, यसरी सस्तो दरमा लिइरहेको रकम ग्रामीण भेगका विपन्नलाई समूह बनाएर लगानी गरिरहेका लघुवित्त कम्पनीले २४ प्रतिशतसम्ममा लगानी गर्दै आएका थिए ।
तर, २६ पुस ०७३ मा लघुवित्तको अधिकतम ब्याज १८ प्रतिशतमा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेपछि अहिले ब्याजदर केही नियन्त्रण भएको छ । अहिले राष्ट्र बैंकले १८ प्रतिशतको सीमामा छुट दिएको छ, पुँजी लागतमा बढीमा नौ प्रतिशतसम्म जोडेर ब्याज लिन सक्ने छुट पनि छ।
‘केही साना संस्थाले सञ्चालन हुनै समस्या भएको बताएपछि अहिले ब्याजदर १८ दशमलव ५ प्रतिशतसम्म पुगेको छ,’ नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष रामहरि दाहालले भने।


