कृष्णमान चौधरी/बेलका -२/ बेल्हा
बेलका नगरपालिका वडा न २ , भागलपुर स्थित लालिगुरास नव यूवा क्लबको आयोजनामा तथा बेलका नगरपालिका वडा न २ को आर्थिक सहयोग तथा अन्य ब्यक्ति र संघ सस्थाको आर्थिक सहयोगमा वडा अध्यक्ष कप प्रतियोगिता आज सप्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि को रुपमा बे न पा वडा न २ का वडा अध्यक्ष श्री मिश्रीलाल चौधरी ,विशेष अतिथिको रुपमा बेलका नगर स्तरीय यूवा तथा खेलकुद बिकास समितिका अध्यक्ष श्री सीता राई ,अतिथिहरुमा बे न पा २ का खेलकुद बिकास समितिका अध्यक्ष कमल राई ,लालिगुरास नव यूवा क्लबका सस्थापक सदस्य बालजित राइ,वडा न २ का वडा सदस्य बिमला राई , कुमार प्रसाद अधिकारी , श्री खडक ना श्रेष्ठ, समाजसेवी श्री हरि नारायण चौधरी ,ध्रुब कोइराला , बाल बिद्या बोर्डिङ स्कूलका प्र.अ. श्री ध्रुब राज तामाङ्ग र अन्य अग्रज, विशिष्ट ब्यक्तिहरुको साथै खेलप्रेमि दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगिता मिति २०७७ माघ २२ गते बाट सुरु भएको थियो। जसमा बेलका नगरपालिकाका जम्मा १० ओटा टीमहरु सहभागीता रहेको थियो।जसमा फाइनल सम्म बेलका नगरपालिका वडा न २ निलो र बेलका नगरपालिका वडा न २ रातोको रहेको थियो।
जसमा आयोजक बेलका न पा वडा न २ रातोले जित हात पार्न सफल भएको छ।खेलको निर्धारित समय गोल रहित समाप्त भएपछि ट्राइ ब्रेकरमा ६ – ५ गोल अन्तरले वडा न २ निलो (पारुहाङ्ग चोक)माथी वडा न २ रातो (भागलपुर)ले जित हात पारेको छ। यस प्रतियोगिता बिजेता टीमले नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेता टीमले नगद रु १० हजार, शिल्ड ,मेडल र प्रमाणपत्र
पुरस्कार प्राप्त गरेका छन ।


