NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नवनिर्मित प्रहरी बिट लालबजार उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

1 Mins read

बेलका नगरपालीका वडा नं. ४ लालबजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला तथा प्रहरी चौकी लालबजार उदयपुरको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी वडा समितिसँगको सहकार्यमा निर्माण सम्पन्न भएको प्रहरी बिट लालबजारको कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरि.उपरिक्षक. भिम बहादुर दाहाल बाट उद्दघाटन भएको छ


सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जम्मा जनश्रमदान सहित १,५२,३२५ अक्षेरी एक लाख बाउन्न तीन सय पचिस रुपैया लागतमा बनेको हो ।
स्थानिय मानिसहरु, जनप्रतिनिधी/ उधोगी,व्यापारी ,शिक्षक ,विद्यार्थी लगायत ब्याक्तीहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
बीट स्थापनाले प्रहरी सबैतिर छरिएर सतर्करुपमा रहने भएपछि गलत गतिविधिमाथि निगरानी बढ्ने र शान्ति, सुरक्षा कायम हुने विश्वास लिइएको छ ।
बीटघर स्थापनाले प्रहरीलाई घाम, पानी, हुरीबतासको बेला अर्काको घर, पसलतिर लुक्नु नपर्ने भएको छ ।

शहरीकरणको बढ्दो दायरा र सुरक्षा चुनौतीहरुलाई मध्ये नजर गरी थालिएको प्रहरीबीट स्थापना र विस्तारको स्थानीय नागरिक समाज, अधिकारकर्मी, स्थानीय जनताले स्वागत गरेका छन् । कार्यक्रममा स्थानीय माया ओलि ,बिदुर दाहाल,बाबुराम थापा लगायतले बोलेका थिए । इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख तेज दाहाल ,लालबजार पोस्टका प्रमुख यादब निरौला समेतको उपस्थित रहेको हो।वार्ड न -४ का अध्यक्ष दिपक दङ्गालको अध्यक्षतामा भएको कार्यक्रम भब्यताका साथ सम्पन भएको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *