बेलका नगरपालिका वडा २ मा रहेको सप्तकौसिका माध्यामिक बिधालय ब्याबस्थापन समितिको अध्यक्षमा ग्यानाथ कट्टेल सर्वसम्मत बिजयी भएका छन।
फाल्गुन २० गते बसेको अभिभावक भेलाले कट्टेललाई तेस्रो कार्यकालको लागि सर्वसम्मत मनोनित गरेको हो।
२०७२ साल देखि ब्याबस्थापन समितिको अध्यक्ष हुँदै आएका ४३ बर्षिय कट्टेलको यो तेस्रो कार्यकाल हो।
२०३७ सालमा स्थापना भएको बिधालयमा अहिले ५ सय भन्दा माथी बिद्यार्थी अध्यन गर्ने गरेको अध्यक्ष कट्टेलले बताए। बिधालयको भौतिक सुधार ,शैक्षिक गुणस्तरमा वृद्धि गर्दै बिद्यार्थीलाई सहज रुपमा अध्यन गर्न बिज्ञान प्रयोगशाला, पुस्तकालय ,खानेपानी ,खेलकुद लगयतको क्षेत्रमा थप गुणस्तरीय बिकास गर्ने अध्यक्ष कट्टेलले बताएका छन।
बिधालयमा ५० मिटर मात्र कम्पाउन्ड बाल रहेको छ यसपाली संसदिय क्षेत्र बिकास कोषले बिनियोजन गरेको ५ लाखले घेराबाराको अधुरो कामलाई अगाडि बढाउने अध्यक्ष कट्टेलले बताए।


