अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बेलकामा वृहत र्याली निकालेको छ । बेलका नगरपालिका देखि रामपुर बजार सम्म सोमबार विहान अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर र्याली निकालेको हो ।
बेलका नगरपालिका देखि निकालेको र्याली ले नगरको रामपुर बजार परिक्रमा गरेपछि नगरपालिका आएर भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
कार्यक्रम ११ बजेदेखि सुरु भइरहेको छ । र्याली मा महिला हिंसा अन्त्य होस्, महिलामाथि हुने विभेद र सम्पूर्ण हिंसा गरलगायतको प्लेकाटसहित र्याली मा सहभागि भएका थिए ।
र्यालीपछि आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा पुगेर योगदान गर्ने महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बेलका नगरपालिकाले जनाएको छ ।


