कृष्णमान चौधरी, बेल्हा
बेलका नगरपालिका -०२, बेल्हा उदयपुर
मा अबस्थित राजाजी मन्दिरमा २४ घन्टे अष्टजाम कार्यक्रम आज मिति २०७७/१२/२७ गते बिहान ११:०० बजे देखि शुभारम्भ भएको छ ।
साबिक तपेश्वरी गा बि स वडा न.-१ मा रहेको राजाजी मन्दिरमा बेलका राजा रानी को पूजा प्रत्येक बर्ष बैशाख महिनाको १ गते पूजा हुँदै आइरहेको थियो । यो साल भने अष्टजाम कार्यक्रम पनि राखिएको छ ।
अष्ट्जाम कार्यक्रमको महामन्त्र :-
हरे राम हरे राम, राम राम हरे हरे !
हरे कृष्ण हरे कृष्ण , कृष्ण कृष्ण हरे हरे
कार्यक्रममा स्थानीय ५ कृतन मण्डलीहरु सहभागीता रहेको छ।
कार्यक्रमको मूख्य उद्देश्य बेलका नगरपालिका वडा न १ र २ को सम्पूर्ण नागरिकहरुको धार्मिक दृष्टिकोणले धार्मिक कल्याणका लागि सो कार्यक्रम राखिएको सो कार्यक्रमका अध्यक्ष स्थानीय समाजसेवी , बुद्धिजिबि श्री नन्दिलाल चौधरीले बताए।
धार्मिक दृष्टिकोणले श्री राजाजी मन्दिर बेलका राजा रानी भगवानको आस्था बोकेको र प्रत्येक बर्ष बैशाख १ गते पूजा आराधना र बलि समेत चढाउने चलन रहेको स्थानीय बुद्धिजिबि चौधरीले जानकारी दिए।


