मदन अधिकारी / भोजपुर
महुली लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यलय बालंखाले आफ्नो पहिलो वार्षिक केन्द्र प्रमुख गोष्टि सम्पन्न गरेको छ । बैंककिङ पहुच नपुगेको स्थानमा गरिबी निवारण गर्ने तथा सरल तथा सुलभ तवरबाट आफ्ना सदस्यलाई कर्जा लगानीगर्दै जिवनस्तर उकास्ने उदेश्यले खोलिएको यस संस्थाले दूरदराजमा रहेका अती विपन्न घर दुरीसंग पुगि आफ्नो लघुवित्त कार्यक्रम संचालन गरीरहेको छ । नेपाल राष्ट्र बैक बाट ईजाजत प्राप्त घ वर्घको राष्ट्रिय स्तरको यस संस्थाले आफ्ना सदस्यको पक्षमा काम गरीरहेको प्रष्ट देख्न सकिएको छ ।
विगत देखिनै आफ्ना कार्यक्रमलाई प्रभावकारी बनाउदै लगिरहेको महुली लघुवित्तले आफ्ना विभिन्न शाखा मार्फत ६८ हजार बिपन्न वर्गलाई प्रत्येक्ष सुविधान प्रदान गरिरहेको छ।
कार्यक्रमका सभाध्यक्ष यसै शाखाका २७ नम्बर केन्द्रका केन्द्र प्रमुख सुनिता राई रहनु भएको थियो भने प्रमुख अतिथि आमचोक गा.पा. प्रमुख अशोक राई, विशिष्ट अतिथी महुली लघुवित्त वित्तीय संस्था लि केन्द्रीय कार्यलयबाट पाल्नुहुने नायब कार्यकारी प्रमुख सरोज कुमार सिह रहनु भएको थियो भने स्थानिय जनप्रतिनिधिहरूको समेत उपस्थित रहेको थियो ।
सोही कार्यक्रममा बोल्दै यसै गा.पा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश खत्री ज्यूले यस संस्थाले हाम्रो यश स्थानमा आएर आफ्नो बैकिङ कार्यक्रम सदस्यको घरदैलोमा पुर्याई सुविधा दिएको देख्दा हामी जनप्रतिनिधि समेत खुसि भएका छौ भनेका छन् भने यसै कार्यक्रमका विशिष्ट अतिथि सिहले यश संस्थाको हाल सम्मको उपलब्धि आगामि योजना तथा संस्थागत नीतिनियम तथा सुविधहरूको वारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी यसै गा.पा. अध्यक्ष राईले सुरुमा आउदा यश संस्था नाफा मुखि भन्ने सुनिएतापनि यश संस्था नाफा मुखि भन्दापनि शेवा मुखि रहेछ भन्ने महशुस रहेको भन्धै कृषि तथा उत्पादन मुलक क्षेत्रमा लगानि गर्न आग्रह गर्नु भएको थियो।
कार्यक्रममा हाल सम्म यस शाखाको प्रगती विवरण र संस्थागत सदस्यको जिग्यासा मेट्ने काम यसै शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले गर्नुभएको थियो भने उत्कृष्ट सदस्य तथा संस्थालाई पुरस्कृत समेत गरिएको थियो । यस केन्द्र प्रमुख गोष्ठीको सहजकर्तामा घोरेटार शाखाका शाखा प्रवन्धक दिनेश राउत रहनुभएको थियो भने यस वालंखा शाखाका कर्मचारीहरु ईन्दरावति राई , अनिता चौधरी र प्रमिला बिष्टको सहयोग रहेको थियो । यस कार्यक्रमको संचालकको भुमिकामा यसै शाखाका कर्मचारी मदन अधिकारीले गर्नु भएको थियो ।
यस किसिमको कार्यक्रम संचालन भएको देख्दा सदस्यहरु समेत हर्षित बनेका छन


