नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री नबिन्द्रराज जोशिको १३ औ पुन्यतिथिमा उदयपुरको चौदन्डी नगरपालिकामा नेपाली कांग्रेसले श्रद्धाञ्जली शोक सभा गरेको हो ।
नेपाल विद्यार्थी संघ चौदन्डीगडिले गरेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य ,क्षेतृय सभापति ,नगरप्रमुख , कांग्रेसको विभिन्न तह र तप्कामा रहेका सयौ ब्याक्तीहरुको उपस्थितमा शोक सभा भएको हो !
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।
मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।जोसिको चैत १३ गते निधन भएको हो ।
कार्यक्रम नेपाल विद्यार्थी संघ चौदन्डिका सभापति बिबस चाम्लिङको अध्यक्षता भएको हो ।



