सुमन सागर
जनता नमुना माध्यमिक बिधालयमा अध्यन गर्ने ०६४ सालका एस एल सि व्याजका पुर्व बिद्यार्थीले बिधालयको गुणस्तर बिकास साथै प्राबिधिक मैत्री बनाउने उदेश्यले ५ थान कम्प्युटर आइतबार औपचारिक कार्यक्रमका बिच बिधालय ब्याबस्थापन समिती लाई हस्तान्तरण गरेको छ।
२६ जना पुर्व बिद्यार्थीले सामुहिक रुपमा नगद संकलन गरि बिधालयलाई कम्प्युटर खरिद गरि हस्तान्तरण गरेका हुन।
७ सय बिद्यार्थी अध्यन गर्दै गरेको बिधालय यहि आर्थिक बर्ष बाट नमुनाको रुपमा घोषित भएको हो। बिज्ञान , सिभिल इन्जिनियर ,अंग्रेजी माध्यम बाट समेत अध्यापन भैरहेको बिधालयमा बिद्यार्थीको सहजताको लागि बिधालय बस समेत बिधालयले ब्याबस्थापन गरेको छ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगालले नमुना घोषण भए पश्चात् धेरै अभाव र समस्या झेल्दै गरेको बिधालय लाई कम्प्युटर हस्तान्तरणले धेरै सहयोग पुर्याएको बताएका छन।
०५४ सालको बिद्यार्थी आफू भएकाले बिधालयलाई हरेक क्षेत्र बाट बिलासिताका बस्तु भन्दा आवस्यक सामाग्रीका बस्तु पुस्तक,लाइबेरी, खेलकुद , शौचालय , खानेपानीको विकास गर्न विशेष जोड दिनु पर्ने बताए।
पुर्व बिद्यार्थी विशाल लिम्बुले आफुले अध्यन गरेको बिधालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन।
पुर्व बिद्यार्थी जयराम पुर्वछानेले हामी ०६४ को ब्याज मात्र नभएर सबै पुर्व बिद्यार्थी एकता भै बिधालयलाई भौतिक र गुणस्तरीय शिक्षामा अगाडी बढाउन लागि पर्ने बताए। पुर्व बिद्यार्थी समाज गठन गरि बिधालयलाई आवस्यक सहयोगको लागि भावी योजना बनाएर लाग्ने समेत पुर्व बिद्यार्थी पुर्वछानेले बताए।
बिधालय लाई कम्प्युटर हस्तान्तरण गर्ने ०६४ सालका बिद्यार्थी लाई बिधालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङले धन्यवाद दिदै भर्खरै मात्र आफ्नो स्वरुप फेर्दै गरेको बिधालयलाई सहयोग गर्ने सबैलाई आभार ब्याक्त गरेका छन। बिधालयको हरेक क्षेत्रको बिकासमा पुर्व बिद्यार्थीको एकता र आवस्यकता रहने अध्यक्ष तामाङले बताए।।


