बेलका नगरपालिका वार्ड न -५ मा रहेको बरपानी सामुदायिक बनले आफ्ना अति गरिबको रेखामुनि रहेका उपभोक्तालाई जस्ता पाता, चर्पिको सामग्री बितरण गरेको छ ।
मैनी , ,झोडापाटा , बङ्गला लगायत क्षेत्रमा रहेको बरपानी सामुदायिक बनमा २३९ घर धुरी छ्न भने ३३४ हेक्टरमा फैलिएको सामुदायिक बन हो ! २०७७/८/७ गते नया कार्यसमिति आइसकेको पछि जनताको कामको लागि ,सामुदायिक बनको हितको लागि, बनको सम्बर्द्धन ,सर्क्षण गर्न ,सदुपयोग गर्न दिनरात नभनी काम गरिरहेको छ !।

यश २०७६/७७ मा पुरानो काठ बिक्रि पश्चात् आम्दानी बाट गरिबी न्यूनीकरण तथा बिकासको लागि करिब २५०००० अक्षेरी दुई लाख पचास हजार बराबरको सामग्री बाडिएको छ ।
चार घरलाई पुरै टिन ३६ पाता ,चर्पिको सामग्री पाच घरलाई र सिमेन्ट बाढिएको हो । घर बनाउन आवश्यक पर्ने काटी,मुग्रा लगायत पनि दिएको बताय सामुदायिक बनका अध्यक्ष चन्द्र मगरले उहाले भने अझै उपभोक्ताहरुलाइ गरिबी न्यूनीकरण ,स्वरोजगार बनाउन आत्मनिर्भर बनाउन थप बाख्रा ,सुगुर ,लगायत बाढ्न लागिएको बताय ।
बेलका नगरपालिका -५ मा फैलिएको सामुदायिक बनले उपभोक्तालाई सहयोग गरेकोमा स्थानीय सामुदायिक बनका उपअध्यक्ष हिराजङराइले खुसी व्यक्त गरे । बनको आम्दानी आफ्नै उपभोक्ताको लागि खर्च गरेको हुदा अरु सामुदायिक बनले पनि सिक्नु पर्ने बताय ।
छोटो समयमा यति राम्रो काम गरेकोमा सम्पुर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छ्न स्थानीय राजनीतिज्ञ युवा / पत्रकार भरत घिमिरेले








