NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सामुदायिक वनको उदाहरणीय काम – ४ बिगाहा जग्गामा सामुहिक बेसार खेती

1 Mins read

सुमन सागर
बेलका नगरपालिका वडा नं २ गलफडियामा अमर ज्योति सामुदायिक वन र बेलका नगरपालिकाको संयुक्त आयोजनामा किषानलाई आत्मनिर्भर बनाउने उदेश्यले ४ बिगाहा क्षेत्रफलमा सामुहिक रुपमा बेसार खेती शुरु गरिएको छ।

७ सय ७५ घरधुरी रहेको सामुदायिक वनमा ४० हजार बराबरको बीउ नगरको सहयोग र १ लाख ५० हजार सामुदायिक वनको लगानिमा सामुहिक बेसार खेती शुरु गरिएको हो।

बिधुत बिस्तार गर्ने क्रममा सामुदायिक वनको क्षेत्रमा हाईटेन्सन निर्माण भए पश्चात् खाली भएको जग्गामा सामुदायिक वनको पहलमा सामुहिक बेसार खेती सुरु गरिएको हो।
बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाको प्रमुख आतित्यथामा स्थानिय उपभोक्ताको उपस्तिथिमा बेसार रोपेर उद्घाटन गरिएको छ।

सामुदायिक वनमा भएको कोषले स्थानीय गाउँको पुर्वाधार बिकास साथै सामुदायिक वनको बिकासमा खर्च गर्ने गरेको अमर ज्योति सामुदायिक वनका अध्यक्ष गणेश प्रसाद अधिकारीले बताए। बार्षिक कार्यक्रम अन्तरगत अति बिपन्नलाई सहुलियत हुने खालका कार्यक्रम निशुल्क बिधुत मिटर बितरण ,सडक स्तर उन्नति , सामुदायिक वनको भवन घेराबेरा, शौचालय निर्माण, वन डडेलो नियन्त्रण लगायतका काम हुँदै गरेको र सामुहिक बेसार खेती बाट प्राप्त हुने नगद ४०% सामुदायिक वन र ६०% रकम गरिबी निवारणका लागि स्थानिय समुहलाई दिने अध्यक्ष अधिकारीले बताए।

सामुदायिक वनले स्थानीय स्तरमा गरेको उदाहरणिय कामले स्थानीय स्तरको विकासमा टेवा पुग्ने बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए।
” नराखौ जग्गा खाली, हरेक खाली जग्गामा लगाउ बाली” भन्ने नगरपालिकाको नारालाई साकार पार्न अमर ज्योती सामुदायिक वनले काम थालनी गरेको बताउदै मेयर थापाले कृषिमा बेलका नगरपालिकाले धेरै काम गरेको छ, हरेक नागरिक लाई आत्मनिर्भर बनाउन कृषि पशुपालन , उधम बिकास जस्ता क्षेत्रमा नगरपालिकाले लगानी गरेकाले हरेक नागरिकले त्यस्को फाइदा लिन समेत मेयर थापाले जोड दिएका छन।
कृषि खेतिमा उत्पादन र उत्पादकत्व बढाउन प्रत्येक वडामा कृषि प्राबिधिक नियुक्ति गरिएकोले खेती लगाउदा सल्लाह र परामर्श लिदै काम गर्न समेत मेयर थापाले आग्रह गरेका छन।
सामुदायिक वनमा आबद्द रहेका अति बिपन्न परिवारको सहभागिता शुरु गरिएको सामुहिक खेतिले गरिबिको चपेटा बाट उस्किन सहज हुने सब डिभिजन वन कार्यालय गलफडियाका वन अधिकृत बिनोद साहले बताए। वन बाट हुने सबै खालका सहयोगमा सहयोग गर्न आफू तत्पर रहेको समेत अधिकृत साहले बताए।

सामुहिक रुपमा उत्पादन भएको बेसारलाई प्रसोधन गर्न आवस्यक पर्ने उपकरण समेत स्थानीय स्तर बाट माग भए बेलका नगरपालिकाले ब्याबस्था गर्ने बेलका नगरपालिका कृषि इन्जिनियर बुद्दिनाथ तिम्सिनाले बताए। बेलका नगरपालिकाले कृषिमा नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न खालका यान्त्र उपकरण बितरण गर्दै आएको समेत इन्जिनियर तिम्सिनाले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *