१६ बैशाख / विङ्स इन्टरटेन्मेन्टको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा गाईघाट स्थित होटल हिमालयमा मधेसी, मुस्लिम तथा कलाकारहरुलाई एक दिने उद्घोषण तथा क्षमता अभिबृद्दी कार्यशाला सन्चालन गरिएको आयोजक संस्थाका निर्देशक तथा कार्यशालाका प्रशिक्षक एम्जे मिथुनले जानकारी दिनुभएको थियो ।
कोभिड १९ को मापदण्ड पूरा गर्दै २५ जनामा सिमित गरिएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाका विभिन्न वडालाई प्रतिनिधित्व गर्दै छात्र छात्रा तथा कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई परिचयको प्रस्तुतिकरणका साथै उद्घोषणकलाको परिचय, महत्व, त्यसका तत्व, आधार र त्रुटिका बारेमा जानकारी तथा अभ्यास गराइएको आयोजकले बताएका छन ।
कार्यक्रमका आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उपप्रमुख देवि कुमारी चौधरीले छोटो समयमा प्रभावकारी ढङले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै एस्ता किसिमको कार्यक्रम नगरमा पहिलो पटक आयोजित भएको र एस्ले सहभागिलाई राम्रो सिकाईको वातावरण बनेको र यो सिकाईलाई सहभागिले आफ्नी जिवनमा प्रयोग गर्दा फलदायी हुने बताउनु भएको छ ।
एस किसिमका कार्यक्रमले सहभागिको आत्मविश्वास बढेको र निकै कुराहरुको सिकाइ भएको सहभागी रोशनी खातुनले बताएकी छिन ।


