हिराजङ राई / सगरमाथा अञ्चल आयुर्वेद औषधालय गाइघाट बाट निसुल्क औसधि बितरण।
विश्वब्यापि रुपमा फैलिएको दोस्रो माहमारी कोभिड १९ को कारण ले बेलका नगरपालिका मा अहिले सम्म ४४ जना संक्रमित भएको पाइए पछि बेलका नगरपालिका को पहलमा सगरमाथा अञ्चल आयुर्वेद औषाधालय गाइघाट बाट निसुल्क १ सय तीस थान औषधि हस्तान्तरण गरिएको छ । बेलका नगरपालिका वडा न ४ का वडा अध्यक्ष दिपक द्ङगाल तथा बेलका नगरपालिकाको आयुर्वेद कार्यलय प्रमुख जिवज यादवलाई हस्तान्तरण गरिएको हो! बिभागिया डाक्टरहरुको उपस्तिथिमा सगरमाथा अञ्चल आयुर्वेद औषधालय कार्यालय प्रमुख सरोज प्रसाद विषाद ले वितरण गरेका हुन बितरण गर्दै प्रयोग गर्ने विधि खाने विधि सहित अहिले सम्म को उपलब्ध बारेमा र आवश्यकताको बारे संछिपमा बताए । औसधि ग्रहण गरि अध्यक्ष दंगाल ले अत्यन्तै राम्रो र अहिलेको आयुर्वेद औसधि ले केही स्वास प्रस्वासको लागि ठुलो काम गर्ने भएकोले खुसी व्यक्त गरे। निकट भबिस्यमा बेलका नगरपालिका मा विभिन्न जडिबुटी हरु पाइने भएकोले सहकार्य गरि आयुर्वेद औसधि कम्पनी खोल्ने बताए ।
कार्यक्रममा स्वास्थ सामग्री ब्रोसर समेत बितरण गरिएको हो!




