NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बिराटनगरमा बेलकाका मजदुर अलपत्र

1 Mins read

१७ जेठ, विराटनगर । काम गरेको पैसा नदिई ठेकेदार प्रतिनिधि हिँडेपछि आफूहरु अलपत्र परेको मोरङको घिनाघाट-विराटचोक सडक खण्डमा काम गर्ने कामदारहरुले बताएका छन् ।

सो सडकखण्डमा उदयपुरका १५ युवा कार्यरत छन् । उनीहरुले बेखर्ची भएर भोकभोकै बस्नु परेको बताएका छन् । ‘ठेकेदारका मान्छे पैसा नदिई हिँडे, हामी यहाँ अलपत्र छौँ,’ उदयपुर बेलका नगरपालिका-३ का रेवत राईले भने, ‘पैसा माग्दा झुलाइ राखे, भात पनि पाइएन ।’

ठेकेदारले पैसा नदिएका कारण नुन र पानीसँग भात खानु परेको कामदार सविन राईले बताए ।’एउटा कोठामा १५ जना बसेका छौं,’ उनले भने, ‘आज नुन र पानीसँग भात खायौंं अब भात खाने चामल छैन ।’

बानियाँ निर्माण सेवाले घिनाघाट-विराटचोक सडकको पर्खाल बनाउन डेढ महिना अघि उनीहरुलाई विराटनगर बोलाएको थियो । ठेकेदार कम्पनीले काम गरेको करिब दुई लाख ५० हजार रुपैयाँ नदिएको रेवत राईले बताए ।

एक सातायता काम विहीन भएर कोठामा बस्नु परेको उनले बताए । खाने चामल नभएपछि उनीहरुले ठेकेदार कम्पनीसँग पैसा मागिरहेका छन् । तर अरु कर्मचारीलाई पैसा दिएको ठेकेदार कम्पनीले १५ जनालाई पैसा नदिई बेखर्ची बनाएको उनले बताए ।

उनले आफूले पाउने पैसा दिलाएर घर जाने वातावरण बनाइदिन आग्रह गरेका छन् । काम गरेको पारिश्रमिक माग्न जादा ठेकेदार प्रतिनिधिले भेट्नै नमानेको उनले बताए । ‘यहाँ भोकभोकै बस्दैनौं, पैसा उठाएर घर जाने वातावरण बनाइदिनु पर्‍यो,’ उनले भने, ‘ठेकेदारले हाम्रो कुरा सुनेन, पैसा दिने भाका मात्रै सारे ।’

हाम्रो अभियानको राहत

यता ठेकेदार कम्पनी बानियाँ निर्माण सेवाले अझै केही दिन पैसा दिन नसक्ने बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि मनोज अधिकारीले बैंक बन्द भएकाले तत्काल कामदारलाई पैसा दिन नसक्ने बताए । ‘आज दिने भनेका थियौं तर बैङ्क बन्द छ,’ उनले भने, ‘अझै केही दिन लाग्छ ।’

पैसा नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि अलपत्र परेका कामदारलाई हाम्रो अभियान नामक युवाहरुको समूहले सहयोग गरेको छ ।

आइतबार केही दिनका लागि पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । हाम्रो अभियानका संयोजक वसिम आलमले चामल, तेल, नुन, आलुलगायत सामाग्री सहयोग गरिएको जानकारी दिए

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *