NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा स्कुटी दुर्घटना एक जनाको मृत्यु

1 Mins read

उदयपुरको बेलकामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बेलका नगरपालिका ३ का वर्ष ७० का हिरण्यबहादुर बस्नेतको मृत्यु भएको हो ।

बेलका – ३ त्रिबेणी चोक स्थित भित्री रामपुर,भागलपुर , आम्बासी सडकखण्डमा बा ६६ प ६०५३ नम्वरको स्कुटरले पैदल यात्री बस्नेतलाई ठक्कर दिइ गम्भिर घाइते बनाएको थियो । घाईते बस्नेतको उपचारको लागि नगर अस्पताल रामपुर ठोक्सिला पठाईएकोमा उपचार हुन नसकी  थप उपचारको लागि घोपा धरान पठाइकोमा उपचारको क्रमामा सोमबार मृत्यु भएको हो ।

ठक्कर दिने सवरी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । यसैगरी बेलका नपा ६ स्थित मदन भण्डारी लोक मार्गमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार मे ५प ३२५२ नम्वरको मोटरसाईकल र को २८ प २८३६ नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मे ५ प ३२५२ नम्वरको मोटरसाईकल चालक बेलका ३ का ६५ वर्षे खड्क नारायण श्रेष्ठ घाइते भएका छन् । 

उनको बाँया खुट्टामा चोट लागेको छ । उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको  र को २८ प २८३६ नम्वरको मोटरसाईकल चालक बेलका ४ का बर्ष ३३ को राजेश बिस्ट सामान्य घाईते भएका छन् । दुबैको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *