बिराट भिक्टोरिया (बिद्या भुमि स्कुल) BVS+2 २०७६ ब्याचको बिदाई कार्यक्रम सम्पन्न
सोमबार बिभिएस ले भर्खरै १२ कक्षाको परीक्षा सम्पन्न गरेका होटल म्यानेजमेन्टका ९० जना छात्रछात्रालाई बिदाई कार्यक्रम राखेको थियो।
बिराटनगर ईन्टर्नेशनल कलेजको सभाहलमा सम्पन्न गरिएको सो कार्यक्रममा बिआईसिका सिईओ ऋषिकेश वाग्ले प्रमूख अतिथी हुनुहुन्थ्यो भने कलेजकै बिवेक दाहाल र रोनक अग्रवालले पनि ब्यक्तित्व विकास तथा उच्च शिक्षाका अवसर र चुनौतिहरुको बारेमा छोटो वर्कसप प्रदान गर्नुभएको थियो। कार्यक्रममा उच्च शिक्षाका लागि शुभकामना दिँदै कलेजका प्रिन्सिपल पराग ढुँगाना, दिपेन भट्टराई, केशव न्यौपाने, शेखर ढकाल, गुणानन्द महतो लगायतका संचालक र शिक्षकहरुले मायाको चिनो वितरण गर्नु भयो भने कार्यक्रम संचालक बिआईसिको तर्फबाट उपस्थित बिद्यार्थिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
उक्त बिदाई कार्यक्रममा बिभिएसका २०७६ ब्याचको स्टुडेन्ट अफ द ईयर को तक्मा कलेजका छात्र संजित थापालाई प्रदान गरिएको स्रोतले बताएको छ। स्मरण रहोस, छोटो समयमै होटल म्यानेजमेन्टमा बिराटनगरमै अलग पहिचान बनाउन सफल बिभिएस उमाबि फेशन डिजाईनिङको पनि बिराटनगरमै एक मात्र कलेज भनेर चिनिन्छ।


